चिसोका कारण ३ वर्षीय बालकको मृत्यु

Die

गौशाला । महोत्तरी जिल्लाको मनरा सिस्वा नगरपालिकामा बुधबार चिसोका कारण एक ३ वर्षीय बालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मनरा सिस्वा नगरपालिका–५ बस्ने रञ्जीत ठाकुरका छोरा ३ वर्षीय मोहित ठाकुर रहेको मृतकका हजुरआमा प्रेमा देवीले बताए ।

लगातारको असहनीय जाडोकाबीच ४/५ दिन अगाडि आफ्नै घर अगाडि खेलिरहेका बालक ठाकुर चिसो लागेर अचानक बिरामी भई लडेका थिए ।

चिसो लागेर बिरामी भएका बालक ठाकुरलाई परिवारजनले तत्कालै भारत बिहारको सीतामढी जिल्लाको पुपरी लगेर उपचार गराएका थिए ।

तर त्यहाँ पनि उनलाई सञ्चो नभएपछि भारतकै सिमरी थप उपचारका लागि लगिएको र त्यहीँको उपचार चलिरहेकै बेला बुधबार पुनः अत्यधिक चिसोले उनको श्वासप्रश्वास अवरुद्ध भएर घरमै मृत्यु भएको उनकी हजुरआमा प्रेमा देवीले बताए ।

प्रतिकृया दिनुहोस