राष्ट्रियसभा सदस्य निर्वाचनको कार्यतालिका सार्वजनिक
उम्मेदवारको मनोनयन दर्ता माघ १० गते
काठमाडौँ । निर्वाचन आयोगले आगामी माघ २४ गते बुधबार हुने राष्ट्रियसभा सदस्य निर्वाचनको कार्यतालिका आज सार्वजनिक गरेको छ ।
राष्ट्रियसभा सदस्य निर्वाचनअन्तर्गत मतदाता नामावली प्रकाशन माघ ७ गते हुनेछ । उम्मेदवारको मनोनयनपत्र दर्ता माघ १० गतेलाई तोकिएको निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए ।
उम्मेदवालाई निर्वाचन चिह्न माघ १५ गते प्रदान गरिने छ भने मतदान २४ गते बिहान १० देखि अपराह्न ३ बजेसम्म सञ्चालन हुनेछ । उक्त निर्वाचनको नतिजा माघ मसान्तसम्ममा सार्वजनिक हुने जानकारी दिइएको छ ।
स्थानीय तहका गाउँपालिका अध्यक्ष र उपाध्यक्ष, नगरपालिकाका प्रमुख र उपप्रमुख तथा प्रदेशसभाका सदस्य गरी राष्ट्रियसभा निर्वाचनका लागि दुई हजार ५६ मतदाता रहने छन् ।
स्थानीय तहका अध्यक्ष, उपाध्यक्ष, प्रमुख र उपप्रमुखले दिने मतभार १८ रहने तथा प्रदेशसभा सदस्यले दिने मतभार ४८ हुनेछ । उक्त निर्वाचनका लागि उच्च अदालत रहेको जिल्लामा मतदान केन्द्र तोकिएको आयोगले जनाएको छ । आयोगका अनुसार, धनकुटा, धनुषा, ललितपुर, कास्की, दाङ, सुर्खेत र डोटी जिल्लाका जिल्ला न्यायाधीशलाई निर्वाचन अधिकृत तोकिएको छ ।
उक्त निर्वाचनमा प्रत्येक प्रदेशबाट तीन महिला, एक दलितसहित आठ जना हिसाबले सात प्रदेशबाट ५६ उम्मेदवार राष्ट्रिय सदस्यमा निर्वाचित हुनेछन् । उनानसठ्ठी सदस्यीय राष्ट्रियसभामा सरकारको सिफारिशमा तीन जना राष्ट्रपतिबाट चयन गर्ने संवैधानिक व्यवस्था रहेको छ ।
राष्ट्रियसभा सदस्य निर्वाचन प्रत्येक प्रदेशसभा गठन भएको निर्वाचक मण्डलले दिएको एकल सङ्क्रमणीय मत प्रणालीका आधारमा हुनेछ । आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनलाई सफलतापूर्वक सम्पन्न गर्ने सन्दर्भमा राजनीतिक दलसँग माघको पहिलो साता छलफल र परामर्श गर्ने जनाएको छ ।
सम्बन्धित समाचार
लागूऔषध कारोबारीलाई समाउन चलायो प्रहरीले गोली, २ जना पक्राउ
धरान । सुनसरीमा लागूऔषध नियन्त्रण ब्यूरोले गोली चलाएर दुई जना लागूऔषध कारोबारीलाई समातेको छ । सप...
चौविसेको फलामेटारमा अस्थायी प्रहरी चौकी स्थापना
धनकुटा । धनकुटाको अति दुर्गम भनिएएको चौविसे गाउँपालिकाको फलामेटारमा अस्थायी प्रहरी चौकी स्थापना भ...
घट्यो पेट्रोलिय पदार्थको मुल्य, अब पेट्रोल १६९ मै पाइने
काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजेल तथा मट्टितेलको मूल्य घटाएको छ । पेट्रोल प्रतिलिटर ७ रु...
उच्चले उल्ट्यायो जिल्लाको फैसला, क्रिकेटर सन्दीप लामिछानेले पाए सफाई
काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेले जबर्जस्ती करणीसम्बन्धी मुद्दामा उच्च अदालत पाटनबाट सफाइ पाए...
यस्तो छ सरकारको २२७ बुँदाको आगामी नीति तथा कार्यक्रम (पूर्ण विवरणसहित)
काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम ल्याएको छ । संघीय संसदका दुवै...
सम्बन्धमा खटपट भएपछि प्रेमीले गोली प्रहार गरेको खुलासा
झापा । झापामा कक्षा १२ को परीक्षा दिएर फर्किएकी छात्रामाथि आफ्नै पूर्वशिक्षकले गोली प्रहार गरेको ...
सरकारमा एउटा जसपा आउट हुँदा अर्काे जसपाको सानदार इन्ट्री
काठमाडौं । विभाजनको आलो जोसमा रहेको जनता समाजवादी पार्टी नेपालले सरकारलाई दिएको समर्थनफिर्ता लिँद...
प्रतिकृया दिनुहोस