लायन्स क्लब अफ पोखरा र फेवा सिटीद्धारा न्यानो कपडा वितरण

Phohara

रौतहट । तराईमा बढ्दै गएको चिसोलाई दृष्टिगत गर्दै परोहा नगरपालिकाकामा न्यानो लुगा वितरण गरिएको छ ।

लायन्स क्लब अफ पोखरा माउन्टेन सिटी र लायन्स क्लब अफ फेवा सिटी द्रारा संयुक्त रुपमा रौतहटको क्षेत्र नं २ परोहा नगरपालिकाका वडा नम्बर ८ मोतिपुर नरकटिया टोलमा २ सय र वडा नम्बर ९ रामपुरमा ५० गरी जम्मा २ सय ५० गरिब, दलित एवं विपन्न घर परिवारलाई एक थान, कम्बल, ज्याकेट र सुईटर वितरण गरेका छन् ।

कार्यक्रममा प्रमुख अतिथि लायन्स क्लब इन्टरनेशनल नेपाल ३२५ बि.ए.वन.को डिस्टीक एडभाइजर धनीराम बरालले चिसोको कारण हाल सम्म रौतहटमा ६ जनाको मृत्यु भएको खबरले हामी मर्माहीत भई कुनै सहारा नभएका अनाथ, अपांग, वृद्धवृद्धा लगायतलाई लुगाफाटोको अभावमा मरी मरी जान जोगाउन लागेका व्यक्ति लाई कसरी जाडो छल्छन् भने हामीले राहत लिएर आएको बताए ।

जबकी हामी बन्द कोठामा बाक्लो न्यानो कपडा, विधुतीय आगो, छिनछिनमा चिया वा अन्य शरिर तातो हुने प्रयोग गर्दा पनि राती सुत्दा जाडो छल्न मुस्किल भइरहेको अवस्थामा गरिबहरु कसरी बाचिरहेको होला भने तपाईको लागि ३ लाख ५० हजार मुल्य बराबरको न्यानो कपडा यहाँ रहनु हुनु भएको असहाय लाई दिन बाडन आएको बताए ।

लायन्स क्लब अफ फेवा सिटीको अध्यक्ष लक्ष्मी बरालले एकसाता भन्दा लामो समयदेखि चलेको शितलहरले प्रभावित भएका वृद्धवृद्धा, दलितहरुको जिउमा तातो लुगा होस भने उदेशयले कम्बल वितरण गर्न आएको बताईन ।

स्थानीय सहजकर्ता मधेश प्रदेश अनलाईन अध्यक्ष तथा रिपोर्टर्स क्लब नेपाल रौतहट शाखा अध्यक्ष पत्रकार अभिमनु कुमार पटेल र स्थानीय सहयोगी लायन्स क्लब अफ रौतहट भिजन नेपाल रहेका थिए ।

 

प्रतिकृया दिनुहोस