५ हजार हेक्टरमा हिउँदे तरकारी

Tarakari kheti

कलैया । बाराका किसानले यस वर्ष हिउँदे तरकारी काउली, बन्दा, भन्टा, मूला, गोलभेँडा, केराउलगायत खेती गरेका छन् ।

जिल्लामा कूल ५ हजार ४६० हेक्टर क्षेत्रफलमा तरकारी खेती गरिएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ ।

उक्त हिउँदे तरकारी खेतीबाट प्रतिहेक्टर १५.३० मेट्रिक टनका दरले कूल ८३ हजार ५३८ मेट्रिक टन तरकारी उत्पादन हुने कार्यालयले जनाएको छ । हालसम्म किसानले ५० हजार १३२ मेट्रिक टन तरकारी उत्पादन गरिसकेका छन् ।

हाल कलैया बजारमा काउली प्रतिकिलो २५ देखि ३०, भन्टा २० देखि २५, गोलभेँडा ४०, केराउ ७० र मूला १५ देखि २० सम्ममा बिक्री भइरहेको छ ।

आव २०७३/७४ मा कृषकले कुल ५ हजार ४७५ हेक्टरमा हिउँदे तरकारी खेती गरी कूल ८३ हजार ८२२ मेट्रिक टन तरकारी उत्पादन गरेका कार्यालय प्रमुख शिवरत्न साहले जानकारी दिए ।

प्रतिकृया दिनुहोस