ट्राफिक प्रहरी रामेछापले ६ महिनामा साढे २६ लाख राजश्व संकलन

Mapase

रामेछाप । जिल्ला ट्राफिक कार्यालय रामेछापले मापसे चेकजाँचमा विशेष अभियान नै चलाएर कारबाहि थालेको छ  ।

सवारी दुर्घटना न्युनिकरण गर्ने उदेश्यले मापसे चेकजाँच र ट्राफिक नियम उलङ्घन गर्नेलाई कारबाहि गर्ने अभियान चलाइएको जिल्ला ट्राफिक कार्यालय रामेछापका इन्चार्ज तथा प्रहरी सहायक निरिक्षक कुशहरी भण्डारीले जानकारी दिए ।

उनका अनुसार गएको असार मसान्त देखि अहिले सम्म मापसे सेवनगरी सवारी चलाउँने २७ जना र ट्राफिक नियम उलङ्घन गरी सवारी चलाउँने ३ हजार ५ सय १५ सवारी साधनलाई कारबाही गरिएको छ ।

जस बाट २६ लाख ५० हजार ५ सय राजश्व सङ्कलन भएको पनि उनले बताए । असार मसान्त देखी हाल सम्म साना ठुला गरी जम्मा ९ वटा सवारी दुघर्टना भएको पनि जिल्ला ट्राफिक कार्यालय रामेछापले जनाएको छ ।

दुघर्टनामा परि ६ जनाको मृत्यु १० जना गम्भिर घाइते र २८ जना समान्य घाइते भएको जिल्ला ट्राफिक कार्यालय रामेछापको तथ्याङकमा छ ।
तामाकोशी खबरबाट साभार

प्रतिकृया दिनुहोस