सीमास्तम्भको अध्ययन सर्वेक्षण
धनगढी । नेपाल–भारत संयुक्त सीमा सर्भे टोलीले कैलाली र कञ्चनपुर जिल्लाका सीमास्तम्भको अवस्थाबारे स्थलगत अध्ययन शुरु गरेको छ ।
नेपालका तर्फबाट नापी विभागका प्रमुख नापी अधिकृत सुदर्शनसिं धामी र भारतका तर्फबाट देहरादुन नापी कार्यालयका प्रमुख आरसिं भट्टको नेतृत्वको टोलीले भारतसँग सीमा जोडिएको कैलालीको पूर्वी खक्रौला सीमा नाकादेखि कञ्चनपुरका पुरानो सीमा बजार ब्रह्मदेव नाकासम्मका सीमा स्तम्भको अवस्था अध्ययन गर्न लागेको हो ।
कैलाली जिल्लाको सुरुआतको ७०० नम्बरको सीमा स्तम्भदेखि ब्रह्मदेव नजिकको सीमामा रहेको ८११ नम्बरसम्मका सीमा स्तम्भको अवस्था, भत्केका बिग्रेका फेला पारेको पाइएमा तिनको पुनःनिर्माणको पहल गर्ने अधिकार सर्भे टोलीलाई दिइएको छ ।
“दुवै देशका संयुक्त टोलीले यी काम संयुक्तरुपमा गर्ने गरी काम भइरहेको छ”– धामीले भने, “सीमास्तम्भ बारेको तथ्यांक दुवैतर्फका टोलीले रुजु गरी दुरुस्त भएमा मात्र मर्मत गर्नुपर्ने भए मर्मत गर्ने पुनःनिर्माण गर्नुपर्ने भए पुनःनिर्माण गरिनेछ ।”
विवादित क्षेत्र पाइएमा यस्ता क्षेत्रका सीमास्तम्भका बारेमा दुवै देशका माथिल्लो निकायकाबीच हुने सहमतिबमोजिम काम अघि बढ्ने जनाइएको छ ।
यो टोलीलाई ७ नं प्रदेशका कैलाली, कञ्चनपुर, डडेलधुरा, बैतडी र दार्चुला जिल्लामा पर्ने नेपाल–भारत सीमास्तम्भको सर्भेसम्बन्धी काम गर्ने अधिकार दिइएको छ ।
गत भदौमा भारतको देहरादुनमा बसेको दुवै देशका नापी अधिकारीको बैठकले गरेको निर्णयबमोजिम संयुक्त नापी टोलीले सर्भेसम्बन्धी काम थालेको हो ।
कैलाली जिल्लाको तुलनामा कञ्चनपुरका दक्षिणी सीमा क्षेत्रमा सीमासम्बन्धी विवाद बढी छ । कैलालीको नेपाल–भारत सीमा क्षेत्रमा ५३ वटा मुख्य सीमा स्तम्भ (जंगे पिलर) र २८२ सहायक र सामान्य सीमास्तम्भ रहेको धामीले बताए ।
यसैबीच दुवै देशका स्थानीय अधिकारीको नेतृत्वमा बुधबार लखिमपुर खिरीको पलिया बजारमा सीमा समन्वय बैठक सम्पन्न भएको छ । बैठकमा सीमा सर्भेको कामलाई दुवै देशका अधिकारीले सहयोग पु¥याउने लगायतका विषयमा समझदारी भएको जनाएको छ ।
सम्बन्धित समाचार
सम्बन्धमा खटपट भएपछि प्रेमीले गोली प्रहार गरेको खुलासा
झापा । झापामा कक्षा १२ को परीक्षा दिएर फर्किएकी छात्रामाथि आफ्नै पूर्वशिक्षकले गोली प्रहार गरेको ...
जंगल डढेलोले सखाप, कहाँ टिप्लिन् नरकुमारीले पात ?
खोटाङ । तीन सन्तानकी आमा नरकुमारी खत्रीको दैनिक घर खर्च धान्ने एउटै माध्यम थियो सालको पात । दिक्...
‘प्रेस स्वतन्त्रतामाथि सर्वोच्चको हस्तक्षेप भयो’ : अध्यक्ष सुवेदी
काठमाडौँ । समाजवादी प्रेस सङ्गठन नेपालले ‘सीधा कुरा’ नामक न्युज पोर्टल र युट्युब च्यानलले प्रसारि...
आयल निगम प्रमुख डा. भट्टलाई भारतमा भब्य स्वागत, सहयात्रा गर्ने प्रतिबद्वता
काठमाडौं । नेपाल आयल निगमका नवनियुक्त कार्याकारी निर्देशक डा. चण्डिका प्रसाद भट्टलाई भारतमा उच्च ...
कांग्रेसका नेता मोहम्मद अफताब आलमसहित ४ जनालाई जन्मकैदको सजाय
रौतहट । जिल्ला अदालत रौतहटले नेपाली कांग्रेसका नेता मोहम्मद अफताब आलमसहित ४ जनालाई जन्मकैदको सजाय...
मासिंदै छन् काठमाडौंका सडकपेटी, हिड्नै समस्या (तस्वीरहरू)
काठमाडौं । महानगरजस्ता ठूला शहरमा पैदल यात्रीको सहजता तथा सुविधाका निम्ति सडकपेटीको व्यवस्था गरिए...
अन्ततः फुट्यो जसपा : अमेरिकामा उपेन्द्रलाई घ्यु र भात, अशोक राईलाई ७ सांसदको साथ
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपाल फुटेको छ । उपेन्द्र यादवको कार्यशैलीमा असन्तुष्टी जन...
प्रतिकृया दिनुहोस