सञ्चारकर्मी विशुन्के सम्मानित

25594394 1702263486479830 7353247542910785521 n

काठमाडौं । राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालले सञ्चारकर्मी प्रकाश विशुन्केलाई सम्मान गरेको छ ।

लोकतान्त्रिक गणतन्त्र र धर्मनिरपेक्षतालाई संस्थागत गर्न एवं धार्मिक तथा संस्कृतिक मानव अधिकार सुनिश्चितताको लागि पत्रकारिताका माध्यमबाट महत्वपुर्ण योगदान गरेको भन्दै सञ्चारकर्मी विशुन्केलाई सम्मान गरिएको हो ।

इसाई धर्मवालम्बीहरुका महान पर्व क्रिसमसको अवसरमा राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालले उनलाई सम्मान गरेको हो । इजरायल सरकारद्वारा गत अक्टोबरमा आयोजित इन्टरनेशनल मिडिया समिटमा समेत सम्मानित भएको भन्दै ख्रीष्टियन महासंघले क्रिसमसको अवसरमा सम्मान गरेको हो ।

पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले उनलाई कदरपत्र र रक्षामन्त्री भिमसेनदास प्रधानले दोसल्ला ओढाई सम्मान गरेका थिए । अहिले विशुन्के जनता टेलिभिजनमा आबद्ध छन ।

प्रतिकृया दिनुहोस