भीमफेदीमा सुमो दुर्घटना, २ को अवस्था गम्भीर

Accident final

हेटौँडा । हेटौँडाबाट काठमांडौँतर्फ जाँदै गरेको सुमो दुर्घटना हुदाँ २ जनाको गम्भिर घाइते भएका छन, भने ६ जनाको अवस्था सामान्य रहेको छ । ना१च १९३९ नंको टाटासुमो आज बिहान भीमफेदीमा दुर्घटना भएका हो ।

भीमफेदी इलाका प्रहरी कार्यालयका अनुसार भीमफेदी गाउँपालिका–६ चिसापानी गढीमा टाटासुमो सडकबाट १ सय मिटर तल झरेको थियो । चालक सागर खड्का र अगाडिको सिटमा सवार रुपा चौलागार्इंको अवस्था गम्भीर रहेको भीमफेदी स्वास्थ्य केन्द्रका चिकित्सक अमरदीप मण्डलले बताए ।

काठमाडौँबाट आइरहेको अर्को सुमोलाई बाटो छोड्ने क्रममा दुर्घटना हुनगएको सुमोमा सवार विदुर धिमालले बताउनुभयो । सुमोमा ८ जना यात्रु रहेको प्रहरीले जनाएको छ ।

अन्य घाइते हुनेहरुमा किन्दा दाहाल, सिर्जना चौलागाईं, राजकुमार घलान, जीवन शाह, प्रकृति मानन्धर र विदुर धिमाल रहेको र उनीहरूलाई उपचारका लागि हेटौँडा ल्याइएको प्रहरी सहायक निरीक्षक बोधप्रसाद यादवले जानकारी दिए ।

प्रतिकृया दिनुहोस