पुष्पकमल दाहाल ‘प्रचण्ड’ चितवनबाट चुनाव लड्ने

Pan

चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष ‘प्रचण्ड’ चितवनबाट आउँदो संघको निर्वाचनमा उम्मेदवार बन्ने बताएका छन् । 

सचिवालय बैठकले आफूलाई चितवनबाट निर्वाचनमा उम्मेदवार बनाउने निर्णय गरेको दाहालले बताए । पत्रकार भेटघाट तथा अन्तक्र्रिया कार्यक्रममा बोल्दै उनले जिल्लाको कुन क्षेत्रबाट निर्वाचनमा उठ्ने भन्ने विषयमा टुंगो नलागेको बताए ।

“पार्टीको जिल्ला तहबाट समन्वय गरेर क्षेत्र निर्धारण हुनेछ ।” देशका फरक÷फरक भूगोल र पृष्ठभूमिको उम्मेदवार बनेर अनुभव संलागेको बताउँदै उनले ती अनुभव र चितवनलाई केन्द्रीय राजनीतिमा जोड्नका लागि निर्वाचन लड्न लागेको बताए ।

“माओवादी युद्धको उद्गमस्थल रोल्पा, राजधानी काठमाडौँ र तराईको प्रतिनिधित्व गर्दै सिराहाबाट यसअघि निर्वाचन लडेको थिएँ, अब आफ्नो कर्मभूमिबाट चुनाव लड्छु,” अध्यक्ष दाहालले भने ।

आफू चितवनबाट निर्वाचन लड्दै गर्दा विकास र राष्ट्रिय राजनीतिमा जिल्लाको महत्व झल्कने उनको भनाइ थियो । “मेरो राजनीतिक क्षेत्र चितवन हुनु जनताका लागि महत्वपूर्ण हुने विश्वास लिएको छु,” अध्यक्ष दाहालले भने ।

कांग्रेस, एमाले, मधेशवादी जोसँग पनि गठबन्धन हुनसक्ने दाहालको भनाइ थियो । शान्ति प्रक्रियाका सहयात्री एक ठाउँमा भएर अहिलेसम्म भएका उपलब्धिलाई संस्थागत गर्नतर्फ लागेको अध्यक्ष दाहालले बताए ।

स्थानीय तहको निर्वाचन अन्तिमचरणमा पुगेको भन्दै उनले प्रदेश र संघको निर्वाचनपछि देश समृद्धितर्फ अगाडि विस्वास व्यक्त गरे । चितवनमा राष्ट्रियस्तरको मिडिया एकेडेमी निर्माणका लागि आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने दाहालले प्रतिवद्धता पनि व्यक्त गरे ।

संविधानका केही प्रावधानले सधैं मिलिजुली सरकार बन्ने परिस्थिति रहेको भन्दै संघको निर्वाचनपछि संविधान संशोधन गरेर निर्वाचन प्रणाली र शासकियस्वरुप परिवर्तन गर्नुपर्नेमा जोडदिए । भूगोल नमिलेको प्रदेशको सीमांकन हेरफेर गर्नुपर्ने अध्यक्ष दाहालको भनाइ छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

अन्ततः फुट्यो जसपा : अमेरिकामा उपेन्द्रलाई घ्यु र भात, अशोक राईलाई ७ सांसदको साथ

Jasapa bivajan

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपाल फुटेको छ । उपेन्द्र यादवको कार्यशैलीमा असन्तुष्टी जन...