सशस्त्र प्रहरी परिवार महिला संघको १६औँ वार्षिकोत्सवको सम्पन्न

काठमाडौं, । सशस्त्र प्रहरी परिवार महिला संघको १६औं वार्षिकोत्सव सम्पन्न भएको छ । सो संघले विभिन्न विद्यालयमा अध्ययनरत विपन्न समुदाय, वीरगति प्राप्त तथा वहालवाला सशस्त्र प्रहरी कर्मचारीका २७ जना सन्ततीहरुलाई जनही १२ हजारका दरले छात्रवृत्ति प्रदान गरेको छ ।

सो अवसरमा सशस्त्र प्रहरी परिवार महिला संघकी अध्यक्ष श्रीमती सरिता श्रेष्ठले उक्त छात्रवृत्ति तथा सहयोग रकम सम्बन्धित छात्रछात्राहरुलाई प्रदान गरेकी हुन् सशस्त्र प्रहरी बल नेपालका राष्ट्रसेवक महिला सशस्त्र प्रहरी कर्मचारीहरु मध्ये वर्षभरी उत्कृष्ट कायठ ७ विल्लादार तथा जवानहरुलाई सो संघले पुरस्कृत गर्नुकासाथै संघको कार्यमा सहयोग पु¥याउने विभिन्न महानुभावहरुलाई समेत सम्मान गरेको छ ।

वार्षिकोत्सव विशेष समारोहका प्रमुख अतिथि सशस्त्र प्रहरी महानिरीक्षक सिंहबहादुर श्रेष्ठले पुरस्कृत हुने महिला सशस्त्र प्रहरी कर्मचारी तथा संघको कार्यमा सहयोग पु¥याउने महानुभावहरुलाई पुरस्कार तथा प्रसंशापत्र प्रदान गरे ।

उनले दुरदराजमा रहेका सिमान्तकृत वर्गहरुको पहिचाहन गरी उनीहरुको उत्थान तथा सशस्त्र प्रहरीका प्रतिभावान सन्ततीलाई प्रोत्सान गर्ने लगायत समाज सेवाका विभिन्न क्षेत्रमा संघले देखाएको सकृयताको प्रसंशा गर्दै जनचेतना मूलक कार्यक्रमको माध्यमबाट असल नागरिक तथा अपराधमुक्त एवं सभ्य समाजको निर्माणमा समेत सशस्त्र प्रहरी परिवार महिला संघले भूमिका निर्वाह गर्दै आएको बताए ।

सशस्त्र प्रहरी कर्मचारीहरुका परिवारलाई समेटेर विभिन्न प्रकृतीका सामाजिक कार्य संचालन गर्दा सशस्त्र प्रहरी बल नेपालको प्रतिनिधित्व गर्दै सामाजिक कार्यमा सकृयता झल्किने बताउदै सशस्त्र प्रहरी महानिरीक्षक श्रेष्ठले समाज सेवाका नविन क्षेत्रहरुको पहिचाहन गर्दै सामाजिक कार्यमा संघ सदैव अग्रसर रहिरहने विश्वास व्यक्त गरे ।

संघका उपाध्यक्षद्वय श्रीमती मुना ओझाले स्वागत मन्तव्य तथा श्रीमती ज्योती के.सी.ले धन्यवाद ज्ञापन गरेका थिए । सेवामूलक, राहतमूलक, सीपविकास लगायत विभिन्न कार्यक्रमहरु संचालन गर्दै आइरहेको संघले सभ्य समाज निर्माणका लागि लैंगिक हिंसा र स्वास्थ्य सम्बन्धी सचेतना कार्यक्रम संचालन, विपद प्रकोप पीडितलाई सहयोग, वाहालवाला तथा वीरगति प्राप्त सशस्त्र प्रहरी कर्मचारीका जेहेन्दार सन्ततीलाई छात्रवृत्ति, असाहय वालवालिका, बृद्धबृद्धालाई विभिन्न सहयोग, विपन्न समुदायका छात्राहरुलाई आवासीय सुविधासहित निःशुल्क अध्ययनको व्यवस्था लगायत सामाजिक सेवाका विविध कार्यहरु गर्दै आएको कुरा समेत त्यसअवसरमा चर्चा गरिएको थियो ।

बि.सं. २०५९ साल असार १७ गते स्थापित सो संघले विपन्न समुदाय तथा सशस्त्र प्रहरी बल, नेपालका बीरगति प्राप्त कर्मचारीहरुका छोरीहरुलाई काठमाडौंको धापासीस्थित स्काई लार्क स्कूलमा आवसीय सुविधासहित अध्ययनको व्यवस्था गर्दै आएको छ ।

यसवर्षको माध्यमिक शिक्षा परिक्षामा सो स्कूल तथा नेपाल एपीएफ स्कूललगायत अन्य विभिन्न विद्यालयबाट उत्कृष्ट अंकसहित उत्तिर्ण हुने विपन्न समुदाय, विरगती प्राप्त तथा वहालवाला सशस्त्र प्रहरी कर्मचारीहरुका २७ जना सन्ततीहरुलाई सो संघले आफ्नो वार्षिकोत्सवको अवसर पारेर आज जनही १२ हजार रुपैयाँको छात्रवृत्ति प्रदान गरेको हो ।

विकलाङ्ग भईकन पनि २०७२ सालको प्रवेशिका परिक्षा उत्तिर्ण गर्ने माया मगर र सरिता अर्याललाई नुडुप श्रेष्ठ छात्रवृत्ति कोषद्धारा प्राप्त जनही १२ हजार राशीको छात्रवृत्ति सोहि अवसरमा प्रदान गरिएको छ । यसैगरी माध्यमिक शिक्षा परिक्षामा उत्कृष्ट नतिजा हासिल गर्ने सराहना अधिकारीलाई सो संघले प्रोत्साहन स्वरुप छात्रवृत्ति प्रदान गरेको छ ।

संघको छात्रवृत्ति कार्यक्रम तथा पुरस्कार व्यवस्थापनमा सशस्त्र प्रहरी निरीक्षक स्व. दुर्गाबाबु पाठक स्मृती संगित अक्षयकोष, सशस्त्र प्रहरी निरीक्षक स्व. सुदिप खनाल स्मृती छात्रवृत्ति अक्षयकोष, स्व. डम्बरकुमारी श्रेष्ठ स्मृती पुरस्कार, जोगेन्द्रराज–हेमकुमारी वन्त पुरस्कार र कमल केशरी राजभण्डारी पुरस्कार समेत प्राप्त भएको छ ।

समारोहमा संघका पदाधिकारीहरुले स्वागत गीत प्रस्तुत गरेका थिए । त्यसअघि आजै सशस्त्र प्रहरी परिवार महिला संघले रक्तदान कार्यक्रमको आयोजना गरेको थियो ।सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयमा सम्पन्न उक्त रक्तदान कार्यक्रममा संघका सदस्य, सशस्त्र प्रहरी बल नेपालका अधिकृत, विल्लादार तथा जवान लगायत ६५ जनाले रक्तदान गरेका छन् ।

समारोहमा सशस्त्र प्रहरी परिवार महिला संघकी अध्यक्ष श्रीमती सरिता श्रेष्ठ लगायत संघका पदाधिकारीहरु तथा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकहरु प्रेमकुमार शाही, प्रकाश ओझा, शैलेन्द्र खनाल, पुष्पराम के.सी. र रामशरण पौडेल लगायत सशस्त्र प्रहरी बलका वरिष्ठ अधिकृतहरुको उपस्थिति रहेको थियो ।

प्रतिकृया दिनुहोस