लेउती खोलाको पुलको लठ्ठा चुडिँदा जोखिमपूर्ण यात्रा गर्न बाध्य

Jholunge pul

धनकुटा, । लेउती खोलाको झोलुङ्गे पुलको लठ्ठा चुडिँदा धनकुटा साँगुरीगढी गाउँपालिका वडा नं. ४ फाक्सिव स्थित सीतादेवी माध्यमिक विद्यालयमा अध्ययरत करिव डेढ सय विद्यार्थी दैनिक जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् ।

चुडिएको लठ्ठा मर्मत नहुँदा बिद्यार्थीसहित सो क्षेत्रका सयौं बासिन्दाको दैनिक यात्रा कठिन बन्दै गएको हो । साविकको वुढिमोरङ र फाक्सिव गाविसका वासिन्दालाई कोशी राजमार्ग संग जोड्न तथा बिद्यार्थीलाई सीतादेवी माध्यमिक विद्यालय पुग्न लेउति खोलामा लगाईएको झोलुङ्गे पुलको लठ्ठा चुडिएर जिर्ण बनेको हो ।

२०२८ सालमा निर्माण गरिएको पुलको एउटा लठ्ठा चुडिंदा एका तर्फ पुल पुर्ण रुपमा नुहिएको छ भने अर्को लठ्ठा खिया लागेर चुडिने अबस्थामा पुगेको छ । तर उनिहरुलाई बिद्यालय जाने फर्कने समयमा पुल कसरी तरेर बिद्यालय पुग्ने भन्ने चिन्ताले सताउने गररेको बिद्यार्थी वताउछन् ।

 खोलामा दैनिक जसो बाढी आउंदा सोहि जोखिम पुलबाटै यात्रा गर्नुपर्ने बाध्यता स्थानीयबासिन्दा र बिद्यार्थीको रहेको छ । पुलकै कारण बिद्यालय बन्द गर्नु पर्ने अबस्था समेत आएको बिद्यालयका शिक्षक टिका प्रसाद पोख्रेल बताए । बिद्यार्थी बाहेक दैनिक पाँच सयभन्दा बढी स्थानीय सो पुल ओहारदोहोर गर्ने गर्दछन् ।

सो क्षेत्रका गाँउलाई कोशी राजमार्ग संग जोड्ने तथा दैनिक उपभोग्य सामान र कृषि जन्य उत्पादन ओसारपसार गर्ने एकमात्र पुल हो । महिला, वालवालिका र ज्येष्ठ नागरिकहरुलाई खोला तर्न निकै समस्या हुने गरेको छ ।

जीर्ण अवस्थामा रहेको सो झोलुङ्गे पुल कुनै पनि वेला चुँडिएर ठुलो दर्घटना हुन सक्ने स्थानीय मदन पोखरेल बताए । जोखिम पूर्ण अवस्थामा रहेको उक्त पुलवाट कुनै पनि बेला मानवीय क्षति हुन सक्ने भएकाले सम्वन्धित निकायले चासो दिएर पुल मर्मत सम्भार वा नयाँ निर्माण गरिदिन यहाँको स्थानीयले गरेका छन् ।

प्रतिकृया दिनुहोस