दार्जिलिङमा दिनभर तनाव, २ को मृत्यु दर्जनौ घाइते

Darjiling 4

काठमाडौं । सुरक्षाकर्मीको गोलीबाट दार्जिलिङमा दुई युवाको मृत्यु भएको छ । सुरक्षाकर्मीको गोली लागेर दुई युवाको मृत्यु भएसँगै दार्जिलिङमा पुनः तनाव बढेको छ ।

सीआरपीएफको गोलीबाट दार्जिलिङ सोनादामा शुक्रबार राति स्थानीय युवा टासी भुटियाको मृत्यु भएको थियो । उनी गोर्खा राष्ट्रिय मुक्ति मोर्चाका युवा कार्यकर्ता हुन् ।

दार्जिलिङमा सुरक्षाकर्मीसँगको झडपमा तुङसुङ निवासी ३७ वर्षीय सुरज सुन्दासको मृत्यु भएको स्थानीय प्रशासनले पुष्टि गरेको छ । सुरक्षाकर्मीको फायरिङबाट १२ जना भन्दा बढी घाइते छन् । उनीहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

नेपाली भाषी भारतीय बहुल पश्चिम बंगालको दार्जिलिङमा फेरि तनाव बढेको गोर्खा राष्ट्रिय मुक्ति मोर्चाले जनाएको छ ।

भुटियाको हत्याको घटनाले शनिबार दिनभर दार्जिलिङ, कालिम्पोङ, खरसाङ र मिरिक क्षेत्र तनावग्रस्त बन्यो ।

भुटियाको हत्या घटनाको बिरोधमा दार्जिलिङका बिभिन्न स्थानमा भएको तोडफोड र सुरक्षाकर्मीको भीडन्तमा थप एक युवाको मृत्यु भएको कालिम्पोङको खबरम्यागेजिनले जनाएको छ ।

तस्विरहरु : विक्रम साशंकर

प्रतिकृया दिनुहोस