श्रीमति उपमेयर, श्रीमान वडाअध्यक्ष

Karabir rai

(पाख्रिवास) धनकटा । श्रीमान पहिले गाविस उपाध्यक्ष थिए । जुनवेला धनकुटामा एमालेकै एकछत्र राज थियो । अहिले त्यो बेलामा बेलाका उपाध्यक्ष वडा अध्यक्षका उम्मेदवार बनेका छन् भने श्रीमति अहिले नगरपालिकाकै उपमेयरको उम्मेदवार बनेकी छन् । यो घटना हो धनुकटाको पाख्रिवास नगरपालिकाको ।

साविकको मुगा गाविसबाट अत्याधिक बहुमत लिएर उपाध्यक्ष विजयी बनेका करवीर राई एमाओवादी केन्द्रबाट वडा नम्बर ७ को वडा अध्यक्षका उम्मेदवार बनेका छन् । उनकी श्रीमति करुणा राई माओवादी केन्द्रबाटै पाख्रिवास नगरपालिकाबाट उपमेयरको उम्मेदवार बनेकी छन् ।

करुणा राजनीतिमा त्यति सक्रिय भने होइनन् । तर पनि माओवादी नगर कमिटिले उनलाई मात्रै उपमेयरमा सिफारीस गरेको थियो ।

करवीर राईसँगै २०५४ सालको स्थानीय निकायको निर्वाचनमा गाविस अध्यक्ष बनेका वृषबहादुर राई भने नेकपा एमालेबाट मेयरका उम्मेदवार बनेका छन् ।

यता धनकुटाकै साँगुरीगढी गाउँपालिकामा एमालेले कुमारजंग याख्यालाई गाउँपालिका प्रमुखको उम्मेदवार बनेको छ भने उनकी श्रीमति पशुपति याख्खालाई वडा नं. ४ को वडा सदस्यमा उममेदवार बनाएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

अन्ततः फुट्यो जसपा : अमेरिकामा उपेन्द्रलाई घ्यु र भात, अशोक राईलाई ७ सांसदको साथ

Jasapa bivajan

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपाल फुटेको छ । उपेन्द्र यादवको कार्यशैलीमा असन्तुष्टी जन...