सरकार भारतको इशारामा चल्यो : बिजुक्छे

Narayanman photo

भक्तपुर । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेले शेरबहादुर देउवा नेतृत्वको सरकार भारतको इशारामा चलेको आरोप लगाएका छन् ।

सरकार दिल्लीकै इशारा अनुसार चलेको आरोप लगाउँदै विजुक्छेले भारतकै इशारामा प्रधानमन्त्री देउवाले दोस्रो चरणमा केही प्रदेशको निर्वाचन सार्ने प्रस्ताव अघि सारेको आरोप लगाए ।

रफत सञ्चार क्लबले आज आयोजना गरेको कार्यक्रममा उनले निर्वाचन गर्ने बेलामा सरकारले भारतलाई रिझाउन निर्वाचनको मिति फेरि पछि सार्न लागेको उनको भनाई छ । उनले निर्वाचन घोषणा गरिसकेपछि निर्वाचन कहिले र कसरी गर्ने भन्ने अधिकार निर्वाचन आयोगलाई दिनुपर्नेमा सरकारले अनावश्यक रुपमा हस्तक्षेप गर्न थालेको बताए ।

उनले निर्वाचन अवधिसम्म आयोग सरकारले आयोगको सल्लाहमा काम गर्नुपर्नेमा सरकारले आयोगको अधिकारमाथि समेत हस्तक्षेप गर्दै निर्वाचन सार्ने खेल खेलिरहेको आरोप लगाए ।

सरकार जनताको समस्याप्रति अलिकति पनि गम्भीर हुन नसकेको बताए । उनले सरकारले राजपालाई संविधान संशोधनको बहानामा झुक्काई रहेको पनि बताए ।

सरकारले स्थानीय तहका नाममा मनपरी रुपमा बजेट विनियोजन गरेर सरकारी सम्पति अनियमिता गरिरहेको बताउँदै उनले नगरपालिकामा कार्यकारी अधिकृत बाहेकका अरुलाई सरकारले तलब दिन नहुने बताए ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

अन्ततः फुट्यो जसपा : अमेरिकामा उपेन्द्रलाई घ्यु र भात, अशोक राईलाई ७ सांसदको साथ

Jasapa bivajan

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपाल फुटेको छ । उपेन्द्र यादवको कार्यशैलीमा असन्तुष्टी जन...