रुपन्देहीको ओमसतियामा गोली चल्दा १ जना घाइते, युनिभर्सल मेडिकल कलेज भैरहवामा उपचार हुँदै

Omsatiya goli

बुटवल । रुपन्देहीको ओमसतिया–४ स्थित वसन्तपुरमा गोली चलेको छ । अज्ञात समूहले चलाएको गोली लागेर सिद्धार्थनगर नगरपालिका १ बेलहियाका अन्दाजी २५ वर्षीय विकास गुरुङ घाइते भएको रुपन्देहीका एसपी रवीन्द्र रेग्मीले बताए ।

मोटरसाइकलमा उनलाई अर्को मोटरसाइकलमा रहेका तीन जनाको समूहले गोली हानेको थियो । उनको पेटको बायाँतर्फको भागमा गोली लागेको छ । तर अवस्था खतरामुक्त रहेको रेग्मीले बताए । गुरुङको युनिभर्सल मेडिकल कलेज भैरहवामा उपचार भइरहेको छ ।

उक्त घटनाको आधा घण्टा अगाडि रोहिणी गाउँपालिका १ बाइपासस्थित सिद्धर्थ कटेजमा अज्ञात समूहले पेस्तोल देखाएर २ तोला सुन र केही नगद लुटेको थियो । लुटपाट गर्ने र गोली प्रहार गर्ने एउटै समूह हो कि फरक फरक भन्नेबारे अनुसन्धान भइरहेको एसपी रेग्मीले बताए ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...