निहारिका राजपुतसँग भेटेपछि बालेनले भने, न्यायको खोजीमा रहेकी आमाले जल्न तयार हुनुपर्ने ?

Balen niharika vet

काठमाडौं । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले न्याय माग्दै संघर्षरत निहारिका राजपुतसँग भेट गरेका छन् । उनले शनिबार त्रिवि शिक्षण अस्पताल पुगेर निहारिकालाई भेटेका हुन् ।

शाहले मुलुकमा कानुनी राज्यको अनुभूति नभएको भन्दै सरकारको आलोचना गरेका छन् । राजपुतलाई भेटेर फर्किएपछि शाहले सामाजिक सञ्जालमार्फत सरकारको आलोचना गरेका हुन् ।

उनले न्यायको खोजीमा रहेकी आमाले जल्न तयार हुनुपर्ने ? भन्दै राज्यलाई प्रश्न गरेका छन् ? उनले कानुनीराज्यमा यस्तो अत्याचार नहुने भन्दै आलोचना गरेका छन् । उनले लेखेका छन्, ‘आफ्नो बच्चाको डिएनए टेस्ट गरिदे मात्रै त भनेको रैछ । यति गर्न एउटी आमाले जल्न तयार हुनुपर्ने ? यो अत्ति हो । यो अत्याचार हो । कानुनीराज्य यस्तो हुँदैन । अभिभावक भनिने राज्य यस्तो हुनुहुँदैन ।’

१७ वर्षको उमेरमा आफूलाई बलात्कार गर्ने जनकपुरका शिवराज श्रेष्ठलाई पक्राउ गरी कानुनी दायरामा ल्याउन, बलात्कारको क्रममा गर्भ रहेपछि जन्मिएको बच्चा र श्रेष्ठको डिएनए परीक्षण गर्न माग गर्दै निहारिका तीन वर्षदेखि आन्दोलित छिन् ।

गत ३ असारमा सरकारले उनीसँग पाँचबुँदे सहमति गरेको थियो । सो सहमति कार्यान्वयन नभएको भन्दै पुनः आमरण अनशनमा बसेकी निहारिकाले हिजो राष्ट्रपति निवास अगाडि आफैँलाई जलाएर आत्मदाहको प्रयास गरेकी थिइन् । उनलाई अहिले शिक्षण अस्पतालको मानसिक वार्डमा राखिएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...