थोरै स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना

Mausam news

काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास तथा पश्चिमतर्फ सरदर स्थानभन्दा दक्षिणमा अवस्थित रहेको छ । शुक्रबार देशभर आंशिकदेखि सामान्य बदली रहनेछ ।

आज बिहान काठमाडौंसहित देशका पहाडी भेगमा मौसम आंशिकदेखि सामान्य बदली छ भने तराईमा मौसम सामान्यतया सफा रहेको मौसमविद्ले बताएका छन् ।

मौसम पूर्वानुमान महाशाखका मौसमविद् वरुण पौडेलका अनुसार तराईका कतिपय स्थानमा घाम पनि लागेको छ। पहाडी भेगमा भने आकाशमा बादल लागेको उनले जानकारी दिए । ‘अहिले कतै पानी परेको चाहिँ छैन’, मौसमविद् पौडेलले भने ।

मौसम महाशाखाले बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार आज दिउँसो मौसम देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । देशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

बुलेटिनअनुसार देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली र बाँकी भूभागमा आंशिक बदली रहनेछ। देशको पहाडी भूभागको थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

महाशाखाले आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गरेको छ ।

जसमा भनिएको छ : देशका थोरै स्थानमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेकाले उक्त भूभागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम छ । साथै नदीनाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने र दैनिक जनजीवन/यातायात क्षेत्रसमेत प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...