गठबन्धनभित्रको कार्यदल बैठक : शीर्ष संसदमा ल्याउने बन्यो सहमति

Karyadal baithak

काठमाडौं । सत्ता गठबन्धनका पाँच दलले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको सिट बाँडफाँट तीन आधारमा गर्ने भएका छन् । तर, हालसम्म बैठकमा कुनै पनि दलले सिटको दाबी गरिसकेका छैनन् ।

बिहीबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको गठबन्धनको कार्यदलको बैठकमा तीन आधार बनाई सिट भागबण्डा गर्ने समझदारी बनेको हो ।

उक्त सहमतिअनुसार ती तीन आधारमा पहिलो, प्रत्यक्षमा पाएको मत र जितेको, दोस्रो, समानुपातिकमा पाएको मत र, तेस्रो शीर्षसहितका प्रभावशाली नेताहरुलाई संसदमा ल्याउने मोडालिटी बनेको छ ।

कार्यदलका एक सदस्यले दिएको जानकारीअनुसार बिहीबारको बैठकमा प्रत्यक्षमा चुनाव जित्ने दल र उसले पाएको मतलाई विश्लेषण गरेर उक्त क्षेत्र त्यही दललाई दिने कुरा भएको छ ।

यस्तै, पाँच दलले समानुपातिक प्रणालीमा पाएको मतलाई पनि आधार मानेर भागबण्डा प्रस्ताव पेश भएको छ । पाँचवटै पार्टीमा रहेका शीर्ष नेतालाई जसरी पनि संसदमा ल्याउनुपर्ने रणनीतिसहित गठबन्धनमा सहमति कायम गर्ने समझदारी बनेको छ ।

यी तीन आधारमा बाँडफाँटको कुरा भए पनि सबै पार्टीहरूमा फेरि छलफल गरेर बैठक ३० गते बस्ने निर्णय भएको कार्यदलका सदस्य तथा माओवादी केन्द्रका स्थायी समिति सदस्य देव गुरुङले जानकारी दिए । ‘उहाँहरुको मनस्थितिको कुरा त गर्नुभयो,’ अर्का एक नेताले भने, ‘तर, पहिला पार्टीभित्र राम्रोसँग होमवर्क गरेर फेरि बसौँ भन्ने कुरा भएपछि उठ्यौँ ।’

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...