दोलखाको विगुमा भीषण वर्षापछि पहिरो, खोलिखिम बजारको बस्ती नै जोखिममा

Singati bajar dolkaha landslide

काठमाडौं । दोलखाको विगु गाउँपालिका–४ लादुकमा भीषण वर्षापछि आएको पहिरोले केही घर पुरिएको छ । लादुकमा पहिरो जाँदा सिंगटी बजार क्षेत्रका करिब ३० घर जोखिममा परेका छन् ।

अति जोखिममा परेका घरका बासिन्दाहरु त्यहाँबाट विस्थापित भएको गाउँपालिका उपाध्यक्ष देविका थामीले जानकारी दिइन् । सोही ठाउँमा गत २३ गते पनि पहिरो जाँदा चार वटा घर पूर्णरुपमा क्षतिग्रस्त भएका थिए ।

‘पहिरोले खोलिखोम एरियाका ३० वटा जति घर जोखिममा परेका छन् । हामीले जोखिममा परेकाहरुलाई त्यहाँबाट सुरक्षित स्थानमा पठाइसक्यौं,’ जिल्ला प्रहरी कार्यालय दोलखाका सूचना अधिकारी इन्सपेक्टर सानु तामाङले भने ।

इलाका प्रहरी कार्यालय सिंगटीको भवन पनि जोखिममा छ । उनका अनुसार बजारका घर र पसलहरुमा लेदो माटो छिरेको छ । बसाइ जोखिमपूर्ण भएपछि केही मानिसहरु वरपरका घर र आफन्तको बसेका छन् । पहिरोले बजार क्षेत्रको बाटो अवरुद्ध भएपछि पहिरो पन्छाएर खुलाउने काम भइरहेको छ ।

हालै बजारभन्दा माथितिरबाट बाटो बनाइएको थियो । सो बाटो बनाएदेखि पहिरोले दुःख दिन थालेको स्थानीय बताउँछन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...