राजधानीबाट ३ जना हुण्डी कारोबारी पक्राउ, ७४ लाख रुपैयाँ बरामद

Hundi

काठमाडौं । हुण्डी कारोबारमा संलग्न तीन जना राजधानीबाट पक्राउ परेका छन् । पक्राउ पर्नेमा एक भारतीय नागरिक र दुई नेपाली रहेका हुन् ।

उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी कृष्ण कोइरालाले सोमबार साँझ राजधानीको ठहिँटीबाट तीन जना हुण्डी कारोबारीसहित नगद ७४ लाख बरामद भएको बताए । पक्राउ पर्नेमा भारतको राजस्थान घर भएका राजु अग्रवाल, सिन्धुपाल्चोकको मेलम्चीका रामहरि दुलाल र रौतहटका सुदिप आचार्य रहेका छन् ।

कोइरालाले पक्राउ परेकाको साथबाट २६ लाख ९६ हजार रुपैयाँ बराबरको चेक समेत बरामद भएको जानकारी दिए । पछिल्लो समय राजधानीमा हुण्डी कारोबारी सक्रिय हुन थालेका छन् । प्रहरीले उनीहरुमाथि निगरानी बढाएको जनाएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...