जापानमा लिवरल डेमोक्रेटिक पार्टीका वरिष्ठ नेता तथा प्रतिनिधिसँग प्रचण्डको भेट

Prachanda japan

काठमाडौं। जापान भ्रमणमा रहेका पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सत्तारुढ लिवरल डेमोक्रेटिक पार्टी जापानका वरिष्ठ नेता लगायतका नेताहरुसँग भेटवार्ता ‍गरेका छन् ।

मंगलबार एलडीपी हेडक्वार्टर टोकियोमा प्रचण्ड र लिवरल डेमोक्रेटिक पार्टी जापानका वरिष्ठ नेतालगायतसँग भेटवार्ता गरेका हुन् । भेटमा पुर्व महासचिव, पुर्व अर्थ, व्यापार र उधोगमन्त्री तथा जापानी प्रतिनिधिसभाका सदस्य एवं नेपाल जापान संसदिय समितिका सभापति तोसिहिरो निक्कइसँग सहभागी थिए ।

भेटमा दुई देशबीचको आपसी सम्बन्धलाई अझ सुदृढ गर्न उच्च तहका भ्रमणहरुको आदानप्रदान देखि स्थानीय सहर/नगरहरुबीच भगिनी सम्बन्धको विकास, नेपालको कृषि, जलविद्युत, भौतिक पुर्वाधार लगायतका विषयमा छलफल भएको प्रचण्डको सचिवालयले जनाएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...