संसद् बैठक जारी, समसामयिक विषयमा सरकारको ध्यानाकर्षण

Samsad baithak

काठमाडौं । प्रतिनिधिसभा बैठक बसिरहेको छ । जारी बैठकमा सांसदहरूले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् ।

बैठकको सुरुमै र शून्य समयमा बोलिरहेका सांसदहरूले बाढी पहिरो पीडितको उद्धार र राहत, विद्युतीय प्राधिकरणको लापरबाहीका कारण नागरिकले ज्यान गुमाउनु परेको, सरकारले तलब वृद्धिमा कर्मचारीमा विभेद गरेको लगायतका विषयमा सरकारको ध्यानाकर्षण गराएका हुन् ।

तलब वृद्धिमा असमान भएपछि नायव सुब्बा आन्दोलनमा उत्रिएको भन्दै सांसद हृदेयश त्रिपाठीले सरकारको ध्यानाकर्षण गराए ।

साथै शून्य समयमा उठाइएको विषय कार्यान्वयन नभएको भन्दै उनीहरूले यसका लागि रुलिङ जारी गर्न पनि सभामुखसँग माग गरे ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...