गृहले भन्यो, ‘अपमानजनक’ शब्द प्रयोग गरी नागरिकता जारी नगर्नु

Griha nirdesan

काठमाडौं । गृह मन्त्रालयले ‘अपमानजनक’ शब्द प्रयोग गरी नागरिकता जारी नगर्न र यसअघि जारी भएका नागरिकता पनि सम्बन्धित व्यक्तिले सच्याउन चाहे सच्याइदिन जिल्ला प्रशासन कार्यालयहरुलाई निर्देशन दिएको छ ।

नागरिकतामा फ्याउरे, कुकुर र कुकुर्नीजस्ता शब्द राखेर नागरिकता जारी भएको भन्दै सरोकारवालाहरूले आपत्ति जनाएका थिए । अपमानजनक नामहरु राखी नागरिकता जारी भएकोबारे संचार माध्यममा समाचार आएपछि गृह मन्त्रालयले यस विषयमा ध्यानाकर्षण भएको जनाएको छ ।

‘अपमानजनक शब्द प्रयोग गरी नागरिकतामा व्यक्तिको नाम र थर जनिने गरी नागरिकता प्रमाणपत्र जारी नगर्ने’ सो विज्ञप्तिमा भनिएको छ, ‘त्यसरी अपमानजनक शब्द प्रयोग गरी जारी भएका नागरिकता प्रमाणपत्रमा सम्बन्धित व्यक्तिले सच्याउन माग गरेमा आवश्यक प्रक्रिया पूरा गरी सच्याउने व्यवस्था मिलाउने ।’

सोमबारको राष्ट्रियसभा बैठकमा सदस्य भुवनबहादुर सुनारले त्यसरी अपमानजनक ढंगले जारी गरिएका नागरिकता सच्याउनुपर्ने र त्यसरी हस्ताक्षर गर्ने अधिकारीको हात किन नकाट्ने भन्दै प्रश्न गरेका थिए ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...