चुनावी तालमेल गर्न बनेको कार्यदलको संयोजकमा कांग्रेसका नेता सिटौला

Krishna prasad sitaula

काठमाडौं । सत्तारुढ गठबन्धनमा रहेका दलहरुले चुनावी तालमेलको खाका बनाउन गठन गरेको कार्यदलको संयोजकमा नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौला चयन भएका छन् ।

सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको कार्यदलको पहिलो बैठकले सो कार्य दलको संयोजन गर्ने जिम्मेवारी कांग्रेसका पूर्वमहामन्त्री सिटौलालाई संयोजक चयन गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । कार्यदलले सिट बाँडफाँटको खाका बनाएर सत्ता गठबन्धनको शीर्ष नेताहरुलाई बुझाउने उनले बताए ।

‘आजको बैठकमा प्रारम्भिक छलफल भयो। कार्यदलको संयोजकमा कृष्ण सिटौलालाई चयन गरियो’, उनले भने, ‘कुन विधिमा जाने र कसरी जाने भन्नेबारे केही सुझाव प्राप्त भएका छन् । त्यहीअनुसार जान्छौँ ।’ बैठकमा स्थानीय तहमा जस्तो कहीँ गठबन्धन त कहीँ नगरी सबैतिर एकसाथ गठबन्धनअनुसार नै जाने सहमति बनेको उनले बताए ।

‘स्थानीय तह निर्वाचनमा जस्तो नगरी यसपालिको गठबन्धन सबैतिर एकसाथ गर्ने समझदारी बनेको’, कार्कीले भने, ‘सिट संख्याका विषयमा पार्टीभित्र छलफल गरेर अर्को बैठक २६ गते ४ बजे बस्ने र त्यहीँ पेस गर्ने भन्ने भएको छ ।’

गठबन्धनको अर्को बैठक साउन २६ गते दिउँसो ४ बजे बस्नेछ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

निशानन्युजकर्मी बराइली दिलिप घिमिरे स्मृति पत्रकारीता पुरस्कारबाट सम्मानित

Baraili samman

काठमाडौं । निशान न्युजकर्मी गोपाल बराइली स्वर्गीय पत्रकार दिलिप घिमिरेको स्मृतिमा स्थापित दिलिप घ...