राष्ट्रपति भण्डारीलाई भेट्न नपाउँदा निरौला आक्रोसित, लेखे यस्तो खुल्ला पत्र

Gobinda niraula 26

काठमाडौं । राष्ट्रपतिलाई भेट्न नपाएपछि नेपाल समाजवादी कांग्रेसका अध्यक्ष गोविन्द निरौला आक्रोसित बनेका छन् ।

नागरिकता विधेयकले देश टुक्रिने र थप संकट आउने भन्दै त्यसलाई रोक्न राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न चाहेका थिए । तर, राष्ट्रपतिले भेट नदिएपछि अध्यक्ष निरौला आक्रोसित बनेका हुन् ।

समाजवादी कांग्रेसले संघीयताको खारेजी, वर्तमान संविधानको खारेजी, हिन्दु राष्ट्रको पुनस्र्थापना, सहमतीय राष्ट्रिय सरकार गठन लगायतका माग राख्दै आएको छ । सोही सिलसिलामा अध्यक्ष निरौलाले राष्ट्रपति भण्डारीलाई भेट्न चाहेका थिए ।

राष्ट्रपतिलाई भेट्न नपाएपछि अध्यक्ष निरौलाले सामाजिक सञ्जालमार्फत राष्ट्रपति भण्डारीलाई खुल्ला पत्र लेखेका छन् । पार्टीले नागरिकता विधेयक देशघाती छ भन्ने ठहर गर्दै त्यसबारे जानकारी दिन राष्ट्रपतिलाई भेट्ने योजना बनाए पनि भेट गर्नलाई समय नमिलाएकाले बाध्यताले खुलापत्र लेख्नुपरेको निरौलाले बताए ।

‘हामीले पटक पटक भेट्ने प्रयास गरेका हौं तर पाइनौं, राष्ट्रपतिका मान्छेहरुले हामीलाई पत्याएनन् र बेवास्ता गरे’ निरौलाले खुल्ला पत्रमा भनको छन् ‘हामी धेरै समयसम्म समय मिल्छ कि भनेर पर्खेर बस्यौं, अनेक भित्री र बाहिरी स्वार्थ भएकाहरुले भनें सजिलै भेट्न समय पाए ।’

उनले खुल्ला पत्रमा देश विघटन गरेर नेपाली जनता शरणार्थी नबनाई दिन आग्रह पनि गरेका छन् । उनले भर्खर मात्र पास गरेर प्रमाणीकरणको लागि पेश हुन आएको नागरिकता विधेयक देशको हितविरुद्ध भएकोले बिफल बनाएर मुलुकको रक्षा गर्न आग्रह गरेका छन् ।

यस्तो छ निरौलाको खुल्ला पत्र

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...