ज्ञानेन्द्र शाही जुम्लाबाट चुनाव लड्ने, शाहीकै जिल्लामा राप्रपा निकै कमजोर

Gyanendra shahi

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता ज्ञानबहादुर शाही (ज्ञानेन्द्र शाही) ले जुम्लाबाट प्रतिनिधि सभा सदस्य निर्वाचन लड्ने घोषणा गरेका छन् ।

आफूलाई समर्थकहरूबाट काठमाडौं २ र वा चितवन ३ बाट चुनाव लड्न सुझाव आएको तर आफूले जन्मभूमि जुम्लालाई रोजेको शाही बताउँछन् । उनी जुम्लाको सिंजा गाउँपालिका वडानम्बर ३ निवासी हुन् ।

२०७८ फागुन ६ गते उनी राप्रपामा प्रवेश गरेका थिए । हाल उनी राप्रपाको केन्द्रीय कार्य सम्पादन समितिको सदस्य छन् । राप्रपाका पाँच जना प्रवक्ता मध्येका एकजना शाही पनि हुन् ।

भ्रष्टाचार र बेथितीविरुद्ध आवाज उठाउँदा उठाउँदै चर्चामा आएका शाहीले आफूलाई सामाजिक अभियन्ताका रुपमा चिनाउँथे । उनले ‘नेपालका लागि नेपाली’ अभियानबाट गतिविधि गर्दै आएका थिए । बेलाबेला झमेलामा समेत पर्ने गरेका उनलाई अभियाने २०७६ मंसिर ११ मा निष्कासित गरेको थियो ।

शाहीकै अनुसार पनि जुम्लामा राप्रपा निकै कमजोर छ । गत स्थानीय तहको मतपरिणाम अनुसार राप्रपाले करिब ४५० मतमात्रै ल्याएको उनी बताउँछन् । शाहीको वडामा राप्रपाले १६ मत ल्याएको छ । त्यसबारे औपचारिक जानकारी दिन उनले आज काठमाडौंमा पत्रकार सम्मेलन गर्दैछन् ।

एक मात्र निर्वाचन क्षेत्र रहेको जुम्लाबाट २०७४ मा माओवादी केन्द्र गजेन्द्र महत ‘कार्मा’ निर्वाचित भएका थिए । अहिले पनि माओवादीबाट महत र कर्णाली प्रदेशका गृहमन्त्री भइसकेका नरेश भण्डारीको चर्चा रहेको छ ।

‘आज दिउँसो साढे २ बजे पत्रकार सम्मेलन गरेर जुम्लाबाट चुनाव लड्ने औपचारिक जानकारी गराउँदैछु,’ शाहीले भने । पत्रकार सम्मेलनमा पार्टी अध्यक्ष राजेन्द्र लिङ्देन लगायतका नेताहरु पनि सहभागी हुने उनले बताएका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

तत्काललाई टर्यो सुदूरपश्चिम प्रदेशको राजनीतिक खटपट, समाजवादीका सोडारी मुख्यमन्त्री बन्ने

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । सुदूरपश्चिम प्रदेशका प्रमुख नजिर मियाँले २ दिनभित्र मुख्यमन्त्री दाबी गर्न मंगलबार पुन...