आज प्रदेश १ मा मेघ गर्जनसहित भारी वर्षाको संभावना, सतर्क रहन आग्रह

Mausam news

हाल (सोमबार बिहान) प्रदेश १, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्य बदली रही देशका बाँकी भूभागमा आंशिक बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार कर्णाली प्रदेशका थोरै स्थानहरुमा हल्का वर्षा भइरहेको छ। दिउँसो देशभर आंशिक देखि सामान्य बदली हुने र देशका पहाडी भू–भागकाकेही र बाँकी भू–भागका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

प्रदेश १ का एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । त्यस्तै, राती देशको पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली रहने बताइएको छ ।

आज राती प्रदेश १ र बागमती प्रदेशका केही तथा बाँकी भू–भागका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने र दैनिक जनजीवन यातायात क्षेत्र समेत प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउनु हुन महाशाखाले आग्रह गरेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...