प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचन : आजदेखि दल दर्ता शुरु

Nirwacha aayog

काठमाडौं । प्रतिनिधिसभा तथा प्रदेश सभा सदस्यका लागि हुने आगामी निर्वाचन प्रयोजनका लागि आजदेखि राजनीतिक दल दर्ता सुरु हुँदैछ ।

सरकारले मङ्सिर ४ गते निर्वाचनको मिति घोषणा गरेपछि आयोगले निर्वाचन तयारी तथा व्यवस्थापनअन्तर्गत दल दर्ता आह्वान गरेको हो । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले साउन ३१ गतेसम्म निर्वाचन आयोगमा कार्यालय समयमा दल दर्ता हुने जानकारी दिए ।

आयोगका अनुसार दल दर्ताको निवेदनसँगै राजनीतिक दलले आफ्नो विवरण, दलको केन्द्रीय कार्यकारिणी समिति, प्रदेश र जिल्ला समितिका पदाधिकारी तथा सदस्यको सङ्ख्या, वार्षिक लेखा परीक्षण प्रतिवेदन पेस गरेको मिति र दलको केन्द्रीय स्तर र प्रदेश स्तरको कार्यकारिणी समितिको पछिल्लो निर्वाचन भएको मिति उल्लेख गर्नुपर्नेछ ।

दलले निवेदन दिँदा प्रतिनिधिसभा सदस्यको छुट्टै र प्रदेश सभा सदस्यको हकमा प्रदेशगत रूपमा सातवटा प्रदेशका लागि छुट्टाछट्टै निवेदन पेस गर्नुपर्ने छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...