टार्गेट मंसिर ४ गते : इमान कमाउने बाउ, सधैं ब्याज खाने छोरो !

Sunil thapa

धनकुटा । आगामी मंसिर ४ गते प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचन घोषणा भएसँगै चुनावी जोड घटाउको राजनीति सुरु भएको छ ।

केन्द्रमा पाँच दलीय गठबन्धन कायम रहने सहमतिसहित निर्वाचनको घोषणा भएपछि आगामी मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचनमा धनकुटामा को को उम्मेदवार हुने भन्ने विषयमा चर्चा चल्न थालेको छ ।

धनकुटामा अब संघीय निर्वाचनमा गठबन्धनको तर्फबाट साझा उम्मेदवारको रुपमा नेपाली कांग्रेसमा केन्द्रिय सदस्य सुनीलबहादुर थापालाई अघि सारिएको छ भने नेकपा एमालेबाट अहिलेका संघीय सांसद राजेन्द्र राई पहिलो रोजाईमा छन् ।

यदी एमालेका राईले टिकट लिएमा थापा र राईको चुनावी प्रतिष्पर्धा यो तेस्रो पटकको हुनेछ । ०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा थापाले १० हजार ९३ मत ल्याएर धनकुटा क्षेत्र न २ बाट विजयी हुँदा एमालेका राजेन्द्र राईले ९ हजार ६ सय ३७ मत ल्याएका थिए ।

२०७४ मा सम्पन्न भएको निर्वाचनमा भने बाम गठबन्धनका राईले तत्कालीन राप्रपाबाट उम्मेदवार बनेका थापालाई झण्डै १० हजारको मतान्तरको फरकले पराजित गर्न सफल भएका थिए । अहिले फेरि उनै थापा र राईबीच प्रतिष्पर्धा हुने चर्चा धनकुटामा छ ।

पाँच दलीय गठबन्धनको साझा उम्मेदवार बन्ने पक्कापक्की भएपछि पूर्वपञ्च सूर्यबहादुर थापाका छोरा फुरुङ्ग बनेका छन् । २०७९ सालमा मात्रै राजनीतिक यात्रा थालेका थापाले आफ्ना बाबुको बलमा पहिलोपटकमै निर्वाचन जितेपछि राजनीतिक उन्माद छल्किएको छ ।

थापाको अनावश्यक हुंकार
२०७७ साल साउन १३ गते उनी कांग्रेस प्रवेश गरेका दिन सुनीलबहादुर थापाले ‘म फेरि नेपाली कांग्रेससँग टुटेको नाता जोड्न आएको छु’ भनेका थिए । तर, उनले नेपाली कांग्रेसमा प्रवेश गरेपछि राप्रपाबाट आएका कार्यकर्ताबाहेक अरु भित्र्याउन सकेनन् । त्यही पनि गत स्थानीय तहको निर्वाचनमा गठबन्धनको बलमा ४ वटा पालिका प्रमुख जितपछि केही मान्छेहरु प्रायोजित गराएर सुनील थापाको प्रवेशले कांग्रेसले पुनर्जीवन पाएको प्रचार गर्न लगाएका थिए ।

अहिले पनि विभिन्न भेला र कार्यकर्ताहरुको भेटघाटमा आफ्ना बुबा नेपाली कांग्रेसको पहिलो जिल्ला सभापति भएको गलत प्रचार गर्ने गरेका छन् । तर, उनले कांग्रेसका नेताहरुलाई भनेअनुसार सूर्यबहादुर थापाले पनि कांग्रेसबाटै राजनीति सुरु गरेका थिए । २००८ मा सूर्यबहादुर नेपाली कांग्रेसको विराटनगर जिल्ला कोषाध्यक्ष बनेका थिए । त्यसपछि धनकुटाको प्रथम सभापति बनेका थिए ।

तर, वास्तविकता भने त्यस्तो थिएन र होइन । अहिले राप्रपा त्याग गरेर कांग्रेस प्रवेश गरेका सुनीलबहादुर थापाका यी भनाईदेखि जिल्लाबासी वाक्क भएका छन् । त्यति मात्रै होइन, कांग्रेस कार्यकर्ताहरु अझैं पनि अलपलमै छन् ।

ब्याजमा रमाउँदै थापा
बाहिरबाट हेर्ने र सुन्नेहरुले धनकुटालाई सूर्यबहादुर थापालको जिल्ला भनेर चिन्ने गर्छन् । त्यसलाई सर्वसम्मत मान्न त सकिँदैन । पाँच पटकसम्म प्रधानमन्त्री भएका र धनकुटाको मुगामा जन्मिएर राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा चिनिएका व्यक्ति भएकाले सुर्यबहादुर थापालाई त्यो दर्जामा राखिँदा धनकुटेलीले खासै चित्त दुखाउँदैनन् ।

उनलाई नेपाली राजनीतिमा बाधको उपमा दिइन्थ्यो । तर, उनकै छोरा सुनीलबहादुर थापाले आफुलाई अर्काे बाघ सम्झिँदा भने भने धनकुटेली जनता अचम्ममा पर्ने गरेका छन् ।

बाउकै राजनीतिक आँडमा २०७० सालमा भएको निर्वाचनमा धनकुटाबाट निर्वाचित भएपछि २ पटकसम्म मन्त्री भए । यतिसम्मकी दोस्रोपटक मन्त्री बन्न पार्टी फुटाउन सफल भएका थिए ।

सूर्यबहादुर थापाले सिर्जना गरेको राजनीतिक विरासतलाई माटोमा मिसाएर नेपाली कांग्रेसमा प्रवेश गरेर पनि अझैं आफ्नो बाबुको विरासत जोगाएको दावी गरिरहेका छन् । तर, उनले बुबाको मृत्युपछि आफ्नै बाउले बनाएको राजनीतिक घरलाई लात हानेर कांग्रेसमा प्रवेश गरेका थिए ।
अहिले बाबुले कमाएको इमानको ब्याज खाँदै राजनीति गरिरहेका छन् ।

२ पटक मन्त्री हुँदा धनकुटेली जनतालाई भन्दा सीमित आसेपासेलाई पोसेका थापाले जनतालाई उधुम विकास गरेको हुंकार पिट्ने गरेका छन् । तर उनको काम देखिसकेका धनकुटेलीले अझैं उनी नेता नभइसकेको बताउने गरेका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

निशानन्युजकर्मी बराइली दिलिप घिमिरे स्मृति पत्रकारीता पुरस्कारबाट सम्मानित

Baraili samman

काठमाडौं । निशान न्युजकर्मी गोपाल बराइली स्वर्गीय पत्रकार दिलिप घिमिरेको स्मृतिमा स्थापित दिलिप घ...