यसरी प्राकृतिक सुन्दरतामा रमाइरहेको काठमाडौं (फोटो फिचर)

Monsoon kathmandu

काठमाडौं । प्रकृतिसँग रमाउन न कुनै सीमा न कुनै बाँध, रमाउनका लागि न कसैले संवाद गर्छन् न कसैले विवाद, प्रकृतिमा हरेक बेला रमाउन सकिन्छ ।

जीवनको गतिलाई नयाँ तरिकाले फरक प्रवाहमा हिँडाउन कहीलेकाहीँ प्रकृति नै निर्णायक बन्छ। मन खुसी बनाउन र बहलाउन एकान्तको साथी बनिदिन्छ ।

काठमाडौंको प्रकृति पनि त्यो भन्दा फरक छैन । बीच सहरमा भन्दा अलि भित्री गाउँतिर प्रवेश गरेपछिको काठमाडौंको स्वरूप नै फरक छ। अरू बेला धुवाँ र धुलोले हेरिनसक्नु हुने काठमाडौं सिमसिम पानीमा पानीसँगै खेलौँखेलौँ लाग्ने बनाउँछ । प्रकृतिसँगै रमाउन मन लाग्ने बन्छ। प्रकृतिको छटामा एकटक नियाल्न मन लाग्छ अनि त्यसमै हराउन ।

हाल नेपालमा मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा दक्षिण छ । यतिबेला केही स्थानमा अविरल वर्षाका कारण जनजीवनमा प्रभाव परिरहेको छ । बाढी, पहिरो र भूक्षयको त्रास पनि त्यत्तिकै छ । प्रकृतिको खेल कतै खुसियाली त कतै रुवबासी । कतै प्रकृतिकै कारण खुसी मिलेको छ त कतै प्रकृतिकै कारण उठिवास भएको छ ।

यो अवस्थामा एकले अर्काको साथ लिई सबैले प्रकृतिको संरक्षण गर्दै होस्टेमा हैंसे मिलाएर सुरक्षा र सतर्कता अपनाई प्रकृतिमा रम्न र रमाउन सक्नुपर्छ । अर्कातिर मनसुनबाटै मानिसले प्रकृतिको भरपूर मनोरञ्जन लिइरहेका छन्। अन्नबाली उत्पादनका लागि पनि यतिबेला प्रकृतिले पानी बर्साइदिन्छ ।

साँच्चिकै प्रकृति एउटा रचनाको स्रोत हो । भएका फोहोरलाई पन्छाएर अघि बढ्नसके प्रकृतिले पनि हामी मानवलाई त्यत्तिकै प्रेम गर्नेछ । आजको फोटो कथामा न्युज एजेन्सी नेपालका फोटो पत्रकारले काठमाडौं उपत्यकामा मानिस र प्रकृतिसँग र प्रकृति मानिससँगै रमाइरहेका दृश्य कैद गरेका छन् ।

हेर्नुहाेस् :

टुडिखेलमा सिमसार ठाँउ खोज्न आएका बुकुल्ला ।
बानेश्वरमा झरि परेपछि ।
क्षितिजबाट वर्षेको मुसलधारे झरि ।
सिनामंगलबाट आकाशमा देखिएको कालो बादल ।
झरिपछि बढेको वागमती ।
बग्दै गरेको नख्खु खोला ।
गोदावरी पार्कमा झरि परेपछि ।
ललितपुरको डुकुछापमा लगाइएको वर्षे धानखेती ।
छम्पीमा प्लाष्टिक ओडेर धान गोड्दै महिलाहरु ।

 

प्रतिकृया दिनुहोस