मेलम्ची तटीय क्षेत्र फेरि जोखिममा, सतर्कता अपनाउन विभागको आग्रह

1sindhupalchok simkhet

सिन्धुपाल्चोक । जल तथा मौसम विज्ञान विभागले जिल्लाको मेलम्ची, बलेफी र अन्य साना खोलामा आकस्मिक बाढीको चेतावनी दिएको छ ।

यस क्षेत्रमा पछिल्लो तीनदेखि छ घण्टा ठूलो वर्षा मापन गरिएको भन्दै विभागले सतर्क रहन सुझाव दिएको हो। जिल्लाको घुम्थाङ, धाप, नाकाते आसपास क्षेत्रमा ठूलो वर्षा भइरहेको छ ।

बाढी पूर्वानुमान महाशाखाले कमजोर भिरालो जमिनमा पहिरोको जोखिम हुन सक्ने भन्दै बिहान १० बजेसम्म उच्च सतर्कता अपनाउन सो क्षेत्रका बासिन्दालाई आग्रह गरेको छ ।

मेलम्ची नगरपालिका–२ निबु गाउँमा गए राति पहिरो गएको छ । राति १०:१५ बजे गएको पहिराले भोटेचौर–काउले सडक अवरुद्ध भएको छ । त्यस्तै, केही घर जोखिममा परेको इलाका प्रहरी कार्यालय मेलम्चीले जनाएको छ ।

जोखिममा परेका सुरक्षित स्थानमा गई बसेका प्रहरीले बताएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...