नेपालका कम्युनिष्ट पार्टीहरु ‘एक चीन नीति’ को पक्षमा

Chin news

काठमाडौं । पछिल्लो समयमा ताइवानको विषयलाई लिएर अमेरिका र चीनबीच बढ्दै गएको तिक्तताले विश्वमा हलचल मञ्चिएको बेला नेपालका कम्युनिष्ट पार्टीहरु भने ‘एक चीन नीति’ को पक्षमा सबै उभिएका छन् ।

केही राष्ट्र अमेरिककाको पक्षमा उभिएका छन् भने केही राष्ट्र चीनको पक्षमा खुलेरै लागेका छन् । चीनले ताईवानलाई चारैतर्फबाट घेरा हालेर अन्तिम आक्रमण गर्ने तयारी गरेकै बेला अमेरिकी संसदकी सभामुख न्यान्सी पेलोसीले ताइवानको राजधानी ताइपेई भ्रमण गर्नुलाई नेपालका कम्युनिष्ट नेताहरुले एक चीन नीतिको विरुद्धमा अमेरिका उभिएको बताएका छन् ।

अमेरिकाको तल्लो सदन ‘हाउस अफ रिप्रिजेन्टेटिभ’ की सभामुख न्यान्सी पेलोसीले ताइवान भ्रमण गर्ने कार्यक्रम घोषणा भएदेखि नै चीन रुष्ट थियो । चीनले भ्रमण नगर्न चेतावनी पनि दिएको थियो । तर पेलोसीले भ्रमण गरिन् । त्यसको नेपालका कम्युनिष्ट पार्टीहरुले पनि विरोध गरेका हुन् ।
काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा नेकपाका अध्यक्ष ऋषि कट्टेलले उत्पीडित राष्ट्रको पक्षपोषण गर्ने राष्ट्रको रुपमा उदाएको चीनविरुद्ध अमेरिकालगायतका साम्राज्यवादी शक्तिहरु सलबलाएको बताएका छन् ।

संयुक्त राष्ट्रसंघले नै स्वीकार गरेको एक चीन नीतिविरुद्ध अमेरिका सक्रिय भएको कट्टेलको आरोप लगाएका छन् । विगतमा पेलोसीले चीनलाई उक्साउने गतिविधि गर्दै आएको नेकपा मालेका स्थायी कमिटी सदस्य तथा प्रवक्ता कुमार बेलवासेले बताए । बेलवासेले अमेरिकाले साम्राज्यवादी गतिविधि गरेको भन्दै यस्तो प्रवृत्तिले भविष्यमा नेपाल पनि समस्यामा पर्नसक्ने औँल्याएका छन् ।

नेकपा क्रान्तिकारी माओवादीका नेता इन्द्र रावतले अमेरिका र चीनबीचको तनाबले विश्वमा नै अशान्त हुन सक्ने बताए । चीनमा अशान्ती भयो भने त्यसको प्रत्यक्ष असर नेपालमा पनि पर्नेतर्फ रावतले बताए । नेकपा मालेका विदेश विभाग सचिव सुरेन्द्र ढकालले अमेरिकाले विश्व शान्तिलाई खलल पारिरहेको बताए ।

युद्धको वातावरण सृजना गर्ने हतियारको व्यापार गर्ने अमेरिकाको उद्धेश्य रहेको ढकालले जनाए । नेपाल वादका अध्यक्ष किरण शर्माले ताइवान चीनको अभिन्न अंग हो भनेर विश्वले मानिसकेको अवस्थामा अमेरिकाले अनावश्यक द्धन्द्ध सृजना गर्न खोजेको बताए । नेकपाका अध्यक्ष लोकनारायण सुवेदीले अमेरिकाले चीनविरोधी गतिविधि गर्न विभिन्न तहबाट हमला गरिरहेको आरोप लगाए ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

एमालेले अध्यक्ष ओलीका नेतृत्वमा बनायो निर्वाचन परिचालन कमिटी, को को छन् यो कमिटीमा ?

Kp oli

काठमाडौं । नेकपा एमालेले आगामी मंसिर ४ मा हुने आम निर्वाचनलाई लक्षित गरी विभिन्न निर्णय गरेको छ ।...