सचिवहरुको व्यापक सरुवा, अर्थ मन्त्रालयको सचिवको जिम्मेवारी पुष्करलाई

Cabinet deuba

काठमाडौं । प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचन मिति घोषणा गरेकै दिन बिहीबार बसेको मन्त्रिपरिषद बैठकले सचिवहरूको सरुवा गरेको छ ।

सो बैठकले अर्थ मन्त्रालयका सचिव मधु मरासिनीको सरुवा भएको छ । उनलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा गरिएको छ । उनको स्थानमा अर्थ मन्त्रालयका राजस्वसचिव कृष्णहरि पुष्करलाई अर्को व्यवस्था नभएसम्म अर्थसचिवको समेत जिम्मेवारी दिइएको छ ।

सरकारले महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयका सचिव हरिप्रसाद मैनालीलाई युवा तथा खेलकुद मन्त्रालयमा, राष्ट्रपति कार्यालयका सचिव तोयनारायण ज्ञवालीलाई उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा सरुवा गरेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव अर्जुन पोखरेल पनि प्रधानमन्त्री कार्यालयमा सरुवा भएका छन् ।

बिहीबारै सचिवमा बढुवा गरिएका दीपक काफ्लेलाई लुम्बिनी प्रदेशको प्रमुख सचिवमा पदस्थापन गरिएको छ । त्यहाँ रहेका डिल्ली शर्मालाई महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयमा सरुवा गरिएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...