जापानले ५ हजारभन्दा बढी सीपयुक्त नेपाली कामदार लैजाने

Japan samjhauta

काठमाडौं । जापानले सरकारी स्तरबाटै ५ हजारभन्दा बढी सीपयुक्त नेपाली कामदार लैजाने भएको छ ।

नेपाली कामदारलाई जापानमा रोजगारी दिने विषयमा छलफल गर्न बनेको संयुक्त कार्य कार्यसमितिको बैठकमा जापानले नेपाललाई छिटो कार्यविधि बनाउन आग्रह गरेको छ ।

बैठकमा जापान र नेपालबीच नेपालमा जापानिज भाषा र सीप परीक्षा उत्तीर्ण गरी जापान जान तयारी अवस्थामा रहेका नेपालीहरुलाई यथाशक्य छिटो जापान पठाउने विषयमा सहजीकरण गर्ने समझदारी भएको छ ।

यसअघि नेपालले कार्यविधि बनाएर मन्त्रिपरिषद् लगेर पास नै गरिसकेको थियो । यो समझदारीले सरकारले बनाएको कार्यविधिलाई जापान सरकारले अस्वीकार गरेको देखिएको छ ।

कार्यसमितिको काठमाडौंमा बसेको दोस्रो बैठकले भाषा र सीप परीक्षणमा पास भएका नेपाली कामदारलाई छिट्टै जापान पठाउन ढिलाइ नगर्ने समझदारी भएको हो । बैठकमा नेपाल–जापान श्रम समझदारी पत्रमा नेपाल तथा जापानका समसामयिक कानुनी व्यवस्थाहरु समेटेर परिमार्जन गर्नुपर्ने भएमा त्यसका लागि तयारी गर्ने सहमति भएको छ ।

बैठकमा श्रम मन्त्रालयका सचिव एकनारायण अर्याल, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव राजीव पोखरेल, परराष्ट्र मन्त्रालयका प्रतिनिधि योजना बम्जन, कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयका हिमालचन्द्र अर्याल, वैदेशिक रोजगार विभागका निर्देशक डम्बर सुनुवार, श्रम मन्त्रालयका उपसचिव डा. थानेश्वर भुसाल सहभागी थिए । जापान सरकारको तर्फबाट सहायक उपमन्त्री चोतुमो नाकागावाको नेतृत्वमा चार सदस्यीय प्रतिनिधि मण्डलको सहभागी थियो ।

जापान सरकार त्यहाँको औपचारिक माध्यम (एसएसडब्लू) प्रणाली अन्तरगत नेपालबाट कामदारहरु उपलब्ध हुन सक्ने कुराको जानकारी रोजगारदाताहरुलाई गराउन पनि सहमत भएको छ ।

त्यस्तै बैठकमा सूचना प्रवाह सही र छिटो छरितो बनाउनु पर्ने विषयमा पनि छलफल भएको छ । नेपालमा कानुनी रुपमा केही कुरा परिवर्तन हुँदा जापान सरकारलाई पनि जानकारी दिनुपर्ने सहमति भएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...