५ केजी गाँजासहित मुलघाटबाट २ जना पक्राउ

Ganja pakrau

धनकुटा । प्रहरीले धनकुटाबाट लागु औषधसहित २ जनालाई पक्राउ गरेको छ ।

प्रहरीले धनकुटाको गुठ्ठीटारबाट भेडेटारतर्फ जाँदै गरेको को३९प ६५६७ नम्बरको मोटर साइकलमा सवार रहेका शहिदभुमी गाउँपालिका वडा नं. ७ का २६ वर्षीय प्रदिप राई र अर्का १७ वर्षीय युवकलाई पक्राउ गरेको हो ।

उनीहरुलाई प्रहरीले मंगलबार साँगुरीगढी गाँउपालिका वडा नं. ६ फेदीबाट ५ केजी गाँजासहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ । हाल उनीहरुलाई थप अनुसन्धानका लागि हिरासतमा राखिएको छ ।

मुटघाटस्थित प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक कपलेश्वर स्वर्णकारको कमाण्डमा ट्राफिक सहितको संयुक्त चेकिङ टोलीले मोटर साइकलको पछाडी बसेका युवकले बोकेको कालो ब्याग शंका लागि चेकजाँच गर्ने क्रममा ब्यागमा अन्दाजी ५ केजी गाँजा फेला पारेको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस