अख्तियारको नियन्त्रणमा रहेका उपसचिव नेपालको गाडीबाट थप साढे १६ लाख बरामद

Akhtiyar bilding

काठमाडौं । सेवाग्राहीबाट घूसबापत लिएको ६ लाख रुपैयाँसहित पक्राउ परेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका उपसचिव प्रमोद नेपालको साथबाट थप १६ लाख ५० हजार रुपैयाँ बरामद भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उपसचिव नेपाललाई नागपोखरीस्थित एक होटेलबाट ६ लाख रुपैयाँसहित नियन्त्रणमा लिएको थियो । उनले प्रयोग गर्ने बा १ झ ९९४६ नम्बरको सरकारी गाडी खानतलासी गर्दा स्रोत नखुलेको थप १६ लाख ५० हजार रुपैयाँ फेला परेको अख्तियारले जनाएको छ । उक्त रकम पनि उपसचिव नेपालले घूसबापत लिएको हुनसक्ने र यससम्बन्धी अनुसन्धान अघि बढेको आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीले जनाए ।

३८ वर्षिय उपसचिव नेपाल रुपन्देही शुद्धोदन गाउँपालिकाका हुन् । उनी हाल बूढानीलकण्ठमा बस्छन् । उनी २०६६ साल असार ३० गते निजामती सेवामा प्रवेश गरेका हुन् ।

ख्तियारका अनुसार, प्याराग्लाईडिङ सञ्चालनको अनुमतीपत्र दिने कामका सिलसिलामा उपसचिव नेपालले घुस मागेका थिए । त्यसपछि सम्बन्धित व्यवसायीले अख्तियारमा खवर गरी आफैले रकम दिने योजना बनाएका थिए र त्यसक्रममा रकम उपलब्ध गराएका हुन् ।

तर गाडीमा रहेको साढे १६ लाख रुपैयाँ भने अलग रकम हो । उनको साथबाट त्यो रकम बरामद होला भन्ने अनुमान नभएको अख्तियारका एक अधिकृतले बताए । ‘कोही रंगेहात पक्राउ गरेपछि हामीले प्रक्रिया पुर्‍याउन नियमित खानतलासीका क्रममा थप रकम बरामद गरेका हौं’ ती अधिकृतले भने, ‘उहाँ रकमबाट केही बोल्नुभएको छैन ।’

एक व्यवसायीले प्याराग्लाइडिङ सेवा सञ्चालन अनुमतिका लागि मन्त्रालयमा निवेदन दिएका थिए । तर निवेदनलाई अड्काएर नेपालले रकम मोलमोलाई गरेका गरेका थिए । त्यसपछि उनीमाथि अख्तियारको टोलीले समेत निगरानीसमेत गरेको थियो । त्यही क्रममा मंगलबार उपसचिव नेपाल सेवाग्राहीसँग नगद लिँदै गर्दा पक्राउ परेका हुन् । त्यसकै छानबिन गर्ने क्रममा गाडी खानतलासी गर्दा थप रकम बरामद भएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...