एयर होस्टेज कन्चनलाई किरण चेम्जोङले प्रस्ताव गरेपछि...

Kiran kanchan

काठमाडौं । नेपाली फुटबल टिमका पूर्वकप्तान किरण चेम्जोङले खेल मैदानमै प्रेमिकासँग ‘इन्गेजमेन्ट’ गरेका छन् ।

आफू सहभागी माजिया स्पोर्टस एन्ड आरसीले सोमबार माल्दिभ्सको धिवेही प्रिमियर लिगको उपाधि जितेपछि खुसियालीमा उनले प्रेमिकासँग इन्गेजमेन्ट गरेका हुन् ।

उपाधि जितेको उपलक्ष्यमा उनले आफ्नी प्रेमिकालाई औंठी लगाइदिएका हुन् । किरणले मैदानमै प्रस्ताव गरेको भिडियो फेसबुकमार्फत सार्वजनिक गरेका छन् । चेम्जोङ कञ्चनसँग लामो समयदेखि प्रेममा थिए । सोमबारको प्रस्तावले उनको प्रेमले औपचारिकता पाएको छ ।

इन्स्टाग्राममा भिडियो सेयर गर्दै उनले आफूले यो पल जीवनको अन्तिम समयसम्म पनि नभुल्ने बताएका छन् । उनले लेखेका छन्, ‘मैले तिमीलाई रोजेँ, तिमीलाई नै रोज्नेछु र रोजिरहनेछु, कुनै विराम बिना, कुनै शङ्का बिना, मुटुको धड्कनमा । म तिमीलाई नै रोजिरहनेछु ।’

उनले थपेका छन्, ‘मेरो जीवनमा बहार बनेर आइदिएकोमा तिमीलाई धन्यवाद दिन चाहन्छु । मेरो जीवनको उतार चढावमा पनि तिमीले मलाई सधैँ साथ दियौ, हाँस्न सिकायौ । साँच्चै भन्नुपर्दा म असाध्यै खुसी छु । आहा कति मिठो पल, यो दिनलाई मेरो अन्तिम साससम्म बिर्सने छैन ।’

कन्चनले किरणको प्रेम प्रस्ताव स्वीकार गरेकी छिन् । अहिले मैदानमा नै किरणले प्रेम प्रस्ताव राखेको भिडियो सामाजिक सञ्जालमा भाइरल छ । एयर होस्टेज रहेकी कन्चन र किरण पछिल्लो डेढ वर्षयता डेट गरिरहेका थिए ।

सोमबार भएको फाइनल प्रतिस्पर्धामा क्लब इगल्सलाई ५–० गोलको फराकिलो अन्तरले हराउँदै माजिया लिग च्याम्पियन बनेको हो । उक्त जितमा महत्त्वपूर्ण भूमिका खेलेका किरणले यस सिजनकै सर्वोत्कृष्ट गोलकिपरको उपाधि पाएका छन् ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

निशानन्युजकर्मी बराइली दिलिप घिमिरे स्मृति पत्रकारीता पुरस्कारबाट सम्मानित

Baraili samman

काठमाडौं । निशान न्युजकर्मी गोपाल बराइली स्वर्गीय पत्रकार दिलिप घिमिरेको स्मृतिमा स्थापित दिलिप घ...