बर्दिबासको सिद्धार्थ बैंक रहेको भवनमा आगलागी

Siddartha bank fire

बर्दिवास । महोत्तरीको बर्दिवास बजारमा अवस्थित सिद्धार्थ बैंकको शाखा कार्यालयमा सोमबार दिउँसो आगलागी भएको छ ।

केहीबेर अघिबाट सिद्धार्थ बैंकको शाखा कार्यालय रहेको तीन तले भवनमा आगलागी भएको हो । स्थानीयका अनुसार भवनको सबैभन्दा माथिल्लो तलामा अवस्थित जिम हलबाट आगो फैलिएको हो ।

अहिले प्रहरी र स्थानीयबासीले आगलागी नियन्त्रणमा लिने प्रयास गरिरहेका छन् । आगलागी भएको भवनको दोस्रो तलामा सिद्धार्थ बैंकको शाखा कार्यालय छ। तल्लो तलामा फेन्सी पसलहरु रहेका छन् । अहिले बर्दिवास नगरपालिका र जनकपुर उपमहानगरपालिकाका दुईवटा वारुण यन्त्रले यतिबेला आगो निभाइरहेका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...