वर्षाले पोखरा कमलपोखरी क्षेत्रका सय घर डुबानमा

Pokhara 13

पोखरा । पोखरा महानगरपालिका–१३ मा भारी वर्षा भएपछि झण्डै एक सयभन्दा बढी घर डुबानमा परेको छ । मानवीय क्षति नभए पनि १ सय भन्दा बढी घर डुबानमा परेक छन् ।

वडा नं १३ का वडाध्यक्ष किरण बरालकाअनुसार आइतबार साँझदेखि निरन्तर परेको वर्षाको कारण कमलपोखरी क्षेत्र डुबानमा परेको हो । कुनै मानवीय क्षति भने नभएको उनले जानकारी दिए ।

पानी तर्काउने काम भइरहे पनि निन्तर भारी वर्षा भइरहेकाले समस्या भइरहेको वडाध्यक्ष बरालको भनाइ छ । पोखरा १३ कमलपोखरी क्षेत्र बर्सेनि डुबानमा पर्दै आइरहेको ठाउँ हो ।

‘तल दुईकुलो मुहान पनि हिजै खोलियो । माथिबाट आउने नहरको मुहान पनि बन्द गर्न भनिसकेका छौं’ उनले भने, ‘मुख्य समस्या भनेको काहुँखोलाबाट आएको पानीले डुबान पारेको हो ।’

पछिल्लो २४ घण्टामा कास्कीको लामपाटनमा सबैभन्दा धेरै ३२२.८ मिलिमिटर वर्षा मापन भएको छ । यहाँ १२ घण्टामै ३१३ मिलिमिटर पानी परेको विभागले जनाएको छ । जबकि २४ घण्टामा १४० मिलिमिटर र १२ घण्टामा १२० मिलिमिटरभन्दा धेरै पानी पर्नुलाई खतरा मानिन्छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...