नारायणगढ–मुग्लिन सडक दुईतर्फी सुचारु

Muglin narayangadh sadak

नारायणगढ । मुग्लिन सडकखण्डको लेदो पन्छाई दुईतर्फी बाटो सुचारु भएको छ । भरतपुर २९ घुमाउने नजिकै वर्षाका कारण लेदो खसेको थियो ।

सडकखण्डअन्तर्गत भरतपुर महानगरपालिका–२९ घुमाउने नजिकै लेदोसहित खसेको पहिरो पन्छाएपछि सडक दुइतर्फी सञ्चालनमा आएको हो । गए रातिदेखि लगातार पानी परिरहेकाले सजक भएर यात्रा गर्न र ओभरट्याक नगरी सवारी चलाउन प्रहरीले अनुरोध गरेको छ ।

दुईवटा जेसिभी प्रयोग गरेर पहिरो पन्छाइएको र गन्तव्यमा हिँडेका सवारी साधन गुड्न थालेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब निरीक्षक रविन विष्टले जानकारी दिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...