नारायणगढ-मुग्लिन सडक अवरुद्ध, सयौं यात्रु अलपत्र

Muglin narayangadh pahiro

काठमाडौं । नारायणगढ-मुग्लिन सडक अवरुद्ध भएको छ । वर्षासँगै पहिरो झरेपछि सडक अवरुद्ध भएको हो । सडक अवरुद्ध भएपछि सयौं यात्रु अलपत्र परेका छन् ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार सडकखण्डअन्तर्गत भरतपुर महानगरपालिका–२९ स्थित घुमाउने नजिकै लेदोसहितको पहिरो खसेपछि सडक ठप्प भएको हो ।

बिहानैदेखि पहिरो पन्छाउने काम भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक रविन विष्टले जानकारी दिए ।

चितवनमा आइतबारदेखि नै भारी वर्षा भइरहेको छ । शक्तिखोर लगायतका ठाउँमा वर्षाले चेतावनीको तह नै पार गरेको छ । पछिल्लो २४ घण्टामा १८४ मिलिमिटर पानी परेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सर्वोच्चले अर्को पत्र पठाएपछि डिल्लीबजारबाट रिहा भए रेशम चौधरी, कार्यकर्ताद्धारा नारावाजी

Resham chaudhary

काठमाडौं । सर्वोच्च अदालतले अर्को पत्र पठाएपछि नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी रिहा ...