अर्थमन्त्री जनार्दन शर्माले २५ दिनपछि सम्हाले अर्थ मन्त्रालय

Janardan sharma pad grahan

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले पद तथा गोपनियताको शपथ लिएका छन् । शर्माले विवादमा परेर राजीनामा दिएको २५ दिनपछि अर्थमन्त्रालयको कार्यभार सम्हालेका छन् ।

आज आइतबार दिउँसो नियुक्त भएका शर्माले साँझ राष्ट्रपति कार्यालयमा आयोजित समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट शपथ लिएका थिए । १७ दिन लामो छानबिनपछि संसदीय छानबिन विशेष समितिबाट सफाइ पाएका जनार्दनले आइतबार पुनः अर्थको जिम्मेवारी सम्हालेका हुन् ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको सिफारिस र प्रधानमन्त्री शेरबहादुर देउावसमेतको इच्छामा शर्मा फेरि अर्थमा फर्किएका हुन् । संसदीय छानबिन विशेष समितिबाट सफाइ पाएका उनले पुनः अर्थको जिम्मेवारी सम्हाल्दा अर्थसचिव मधुकुमार मरासिनी भने पोखरामा छन् ।

२९ असार २०७८ मा अर्थमन्त्री बनेका शर्मामाथि १४ जेठ २०७९ मा बजेट निर्माणका क्रममा अनधिकृत व्यक्तिलाई मन्त्रालय लगेर करका दर हेरफेर गरेको आरोप लागेको थियो ।

त्यसबारे छानबिन गर्न समिति बनेकै दिन २२ असारमा शर्माले पदबाट राजीनामा दिएका थिए। तर, छानबिन समितिले शर्मालाई लागेको आरोपबाट सफाइ दिएको थियो ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सर्वोच्चले अर्को पत्र पठाएपछि डिल्लीबजारबाट रिहा भए रेशम चौधरी, कार्यकर्ताद्धारा नारावाजी

Resham chaudhary

काठमाडौं । सर्वोच्च अदालतले अर्को पत्र पठाएपछि नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी रिहा ...