पाँच दलीय गठबन्धन आगामी निर्वाचनसम्मै रहन्छ : नेपाल

Madhav nepal doti

डोटी । आगामी संसदीय निर्वाचनमा बाम एकता वा बाम गठबन्धन हुने चर्चा चलिरहेका बेला नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पाँच दलीय गठबन्धन सङ्घीय र प्रदेश निर्वाचनपछिसम्म पनि दिगो रहने बताएका छन् ।

एकीकृत समाजवादी जिल्ला कमिटीले आयोजना गरेको भेलालाई सम्बोधन गर्न शनिबार डोटी सदरमुकाम सिलगढी आएका अध्यक्ष नेपालले सञ्चारकर्मीहरुसँग कुरा गर्दै गठबन्धन अहिलेको आवश्यकता भएको उल्लेख गरे । ‘पछिसम्म पनि गठबन्धन कायम राख्न पाँच दलका शीर्ष नेता सहमत भएका छन्’, उनले भने ।

फरक प्रसङ्गमा अध्यक्ष नेपालले गठबन्धनकै भर परेर स्थानीय तह निर्वाचनमा आफ्नो पार्टीले अपेक्षित सिट हासिल गर्न नसकेको बताए । उनले भने, ‘स्थानीय तहमा अपेक्षित सिट हासिल गर्न सकिएन, अबको सङ्घ÷प्रदेशको निर्वाचनमा हामी सोचेभन्दा बढी सिट हासिल गर्छौँ ।’

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...