दुर्गा सोवलाई मातृ शोक, अस्ताइन् भीममाया जनउत्थान पुरस्कार विजेता

Satyadevi sob

काठमाडौं । नेपाली दलित आन्दोलनकी अग्रणी नेता दुर्गा सोवलाई मातृ शोक परेको छ । उनकी माता सत्यदेवी सोवको ८७ वर्षको उमेरमा विहिवार ललितपुरस्थित स्टार अस्पतालमा निधन भएको हो । नको बिहीबारै पशुपति आर्यघाटमा अन्तयेष्टि गरिएको छ ।

दलित महिला संघकी संस्थापक अध्यक्ष, राष्ट्रिय दलित आयोगकी संस्थापक सदस्य सचिव तथा वावुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीकी केन्द्रीय नेता सोवकी आमाको अन्त्येष्टीमा पूर्वमन्त्री हिसिला यमी, आफन्त, इष्टमित्र तथा पार्टीका नेताहरुको बाक्लो उपस्थिति थियो ।

स्वर्गीय सत्यदेवी सोव सदुुरपश्चिमको डोटी मै जन्मेर त्यहीँ आफ्ना छोराछोरीहरुलाई आवश्यक शिक्षा दिक्षा दिएकी थिइन् । आफु निरक्षर भए पनि शिक्षाको महत्व बुझेकी सत्यदेवीले जातीय तथा लैंगिक विभेदको राजधानी मानिने डोटी जस्तो ठाउँमा पनि अनेक प्रकारका विभेद, कष्ट तथा अभाव सहेर पनि छोरा छोरीलाई शिक्षा प्रदान गर्न महत्वपूर्ण भूमिका खेलेकी हुँदा उनलाई जनउत्थान प्रतिष्ठानले २०६२ सालमा १० हजारको भीममाया जनउत्थान पुरस्कार प्रदान गरेको थियो ।

उनले श्रीमानलाई चाडै गुमाएपछि पनि परिवारको रेखदेख मात्रै नगरिकन समाजमा उदाहरणीय योगदान दिने सन्तानको भरणपोषण गरेकीले सो पुरस्कार दिइएको थियो । सो पुरस्कार रकममा त्यत्तिकै रकम थप गरेर महिला शिक्षामा प्रयोग गर्नको लागि पुरस्कार प्रदान गर्ने संस्थालाई नै दिइएको थियो ।

खास गरि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा नेपालको दलित महिला आन्दोलनलाई स्थापित गरी केहीहदसम्म अधिकार प्रत्याभूत गराउन समेत सफल दूर्गा सोवलाई त्यो स्थानमा दिलाउने सत्यदेवीलाई न्यूज २४ लमा सवीना कोईरालाले सञ्चालन गर्ने आमा कार्यक्रममा पनि उनलाई चित्रण गरिएको थियो । कुनै समयको चर्चित कार्यक्रम मध्येको एक सो कार्यक्रममा सत्यदेवीलाई चित्रण गरिनु आफैँमा महत्वपूर्ण कुरा थियो ।

मान्छे जन्मिय पछि मर्नु पर्छ यो जीवनको शाश्वत नियम हो । यसलाई कसैले बदलेर बदलिँदैन । तर आफ्नो जीवनकालमा देश र समाजको हितमा प्रत्यक्ष सत्यदेवीलाई अप्रत्यक्ष योगदान गर्ने व्यक्तिहरु भनै सधैँ स्मरणीय हुने छन् । सत्यदेवीलाई चित्रण गरिएको आमा कार्यक्रम न्युज २४ तथा युट्युवको कुनै आर्काइभमा रहेको छ स। ो आर्काइभमा रहे जस्तै उनी हामीबीच पनि रहिरहने छिन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...