सिसिटिभी प्रकरण : छानबिन समितिले आज प्रतिवेदन लेखन सक्ने

Janardan sharma

काठमाडौं । बजेटमा करका दर हेरफेर प्रकरणबारे छानबिन गर्न गठित संसदीय छानबिन विशेष समितिले बिहीबार प्रतिवेदन लेखनलाई अन्तिम रूप दिने तयारी गरेको छ ।

थपिएको म्याद आज सकिने भएपछि हिजो लगातार ६ घण्टा समितिको बैठक बसेको थियो। मंगलबार नेपाल प्रहरीको फरेन्सिक ल्याबबाट प्राप्त रिपोर्ट हेरेर विज्ञको सुझाव लिएको समितिले हिजोदेखि प्रतिवेदन लेख्न थालेको हो ।

पूर्व अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न गठित सो समितिको थपिएको म्याद आज सकिँदैछ। बिहीबार मध्याह्न साढे १२ बजे समितिको औपचारिक बैठक बस्दैछ ।

त्यसअघि सर्वसम्मत प्रतिवेदन तयार गर्न सांसदहरूबीच अनौपचारिक छलफल हुने पनि बताइएको छ। औपचारिक र अनौपचारिक रूपमा छलफल भइरहेकाले सर्वसम्मत प्रतिवेदन बनाउने प्रयास भइरहेको समितिका सचिव सुरेन्द्र अर्यालले बताए ।

आर्थिक वर्ष २०७९/८० को बजेट निर्माणका क्रममा तत्कालीन अर्थमन्त्री शर्माले जेठ १४ गतेको मध्यराति अर्थ मन्त्रालयमा दुई अनधिकृत व्यक्तिलाई प्रवेश गराएर करको दर हेरफेर गरेको आरोप छ। २२ असारमा गठन भएर एक सातापछि काम सुरु गरेको समितिले तोकिएको १० दिनभित्र निष्कर्षमा पुग्न नसकेपछि साउन ५ मा ७ दिन म्याद थपिएको थियो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...