अमेरिकामा बस्ने नेपाली मनका ढुकढुकी बने रवि

Rabi sinhg basnte usa

न्युयोर्क (अमेरिका) । समाजसेवा गर्ने रहर हुँदैमा समाज सेवा गर्न सम्भव छैन । जुन काम जो कोहीले चाहेर पनि गर्न सक्दैनन् । किनकी समाजसेवा सजिलै जस पाउने काम पनि होइन ।

अमेरिकाको क्यालिफोर्निया राज्य अन्तरगत पर्ने शान्त रोजा सहरमा बस्ने रवि सिंह बस्नेत यस्तो समाजसेवी हुन्, जसले हरेक नेपालीको समस्या समाधान गर्न टुप्लुक्क पुग्ने गर्छन् । अमेरिकामा बसोबास गर्ने र नेपालमा समेत विपतका बेला उनी निस्वार्थ रुपमा लाग्ने गर्छन् । त्यही भएर उनलाई क्यालिफोर्नियामा समाजसेवी नेपालीको पहिचान बनाएका छन् ।

लामो समयदेखि विश्व कोरोना महामारीबाट आक्रान्त हुँदा उनले कोरोना पीडितको लागि महत्वपूर्ण योगदान दिए । नेपालको काठमाडौंमा जन्मिएर हाल अमेरिकालाई कर्मभुमी बनाउँदै आएका बस्नेतले कोरोनाकालमा गरेको सहयोग उनका सहयात्रीका लागि सम्झनायोग्य बनेको छ । त्यो बेला उनले नेपालका विभिन्न क्षेत्रहरुमा समेत राहत वितरण गरे ।

बस्नेतले चाहे पत्रकारहरुका संस्था होस् वा जनजातिका संस्था । चाहे कसैको जन्मोत्सव किन नहोस्, वा मृत्यु संस्कार नै । यी सबै ठाउँहरुमा पुगेर सहयोगी हात अघि बढाउँछन् । उनले खवर मात्रै पाए भने पनि त्यस्ता ठाउँहरुमा पुगेर सहयोग गर्न तम्सिन्छन् । त्यही भएर उनलाई आफ्ना आफन्त, साथीभाईसहितले जस्तो नाम त्यस्तो काम गर्ने व्यक्तिको रुपमा चिन्ने गरेका छन् ।

सात समुन्द्र पारीको विदेशी भुमीमा रहेर पनि नेपालीको सेवामा समर्पित हुन पाउँदा उनी खुसी छन् । उनले यसलाई आफ्नो कर्तव्यको रुपमा ठानेका छन् । ‘मैले आपत विपतमा परेका नेपाली दाजुभाईहरुलाई सहयोग गर्न पाउनुलाई आफ्नो कर्तव्य हो भन्ने ठानेको छु’, उनले निशान न्युजसँग भने, ‘मानव भएर जन्मिएपछि बाचुञ्जेसम्म समाजमा केही न केही त गर्नैपर्छ भन्ने लाग्छ ।’

विदेशी भुमीमा बसोबास गर्नेहरु पनि विभिन्न जात, वर्ग र राजनीतिमा विभक्त छन् । तर, उनलाई यो कुरा पटक्कै मन पर्दैन । जनु जाति भए पनि, जुन धर्म माने पनि वा जुन राजनीतिक दलमा आवद्ध भए पनि समाज सेवालाई सो विषयसँग जोड्नु नहुने उनको तर्क छ । ‘हाम्रो समाजमा जात, धर्म, वर्ग र पार्टी हेरेर गरिने समाज सेवादेखि टाढै बस्न रुची लाग्छ’, उनी भन्छन्, ‘समाज सेवाको कुनै रंग हुँदैन, जात हुँदैन र धर्म पनि हुनुहुँदैन । यो त केवल स्वच्छ मनले गरिने मानव सेवा हो । जुन कुरा हाम्रा समाजसेवी भनिनेहरुले बुझ्न जरुरी छ ।’

विदेशमा बस्ने सबै नेपाली एउदाजुभाई भएकाले सोही अनुसार एउटै व्यवहार गर्नुपर्ने उनको भनाई छ । उनी बाल्यकालदेखि नै समाजसेवामा सक्रिय थिए । अहिले झन उनी सच्चा समाजसेवी बनेका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...