दाउन्नेमा बस पल्टिएर आगलागी हुँदा २१ जना यात्रु घाइते

Bardaghat accident

काठमाडौं । नवलपरासी पूर्वको दाउन्नेमा बस पल्टिएर आगलागी हुँदा २१ जना यात्रु घाइते भएका छन् ६ जनाको अवस्था चिन्ताजनक छ ।

कञ्चनपुरबाट काठमाडौं जांदै गरेको ना५ख ५१०० नम्बरको बस अनियन्त्रित भई सडक छेउमा पल्टिंदा भएको आगलागीमा परेका मध्ये ६ जनाको को अवस्था चिन्ताजनक रहेको नवलपुर प्रहरी प्रमुख डिएसपी सन्तोष पाठकले जनाकारी दिए ।

सख्त घाइते ६ जनालाई उपचारका लागि भरतपुर अस्पताल चितवन पठाइएको र अन्यको स्थानीय मध्यविन्दु अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

हिलैहिलो र खाल्डैखाल्डाका कारण पूर्वी नवलपरासीस्थित महेन्द्रराजमार्गको यात्रा कष्टकर रहेको छ । महेन्द्रराजमार्ग फराकिलो पार्ने जिम्मा लिएको चिनियाँ ठेकेदारकाले काम नगर्दा राजमार्गको अवस्था बिजोग छ ।

डिएसपी पाठकका अनुसार बसमा ३१ जना जना सवार थिए ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सर्वोच्चले अर्को पत्र पठाएपछि डिल्लीबजारबाट रिहा भए रेशम चौधरी, कार्यकर्ताद्धारा नारावाजी

Resham chaudhary

काठमाडौं । सर्वोच्च अदालतले अर्को पत्र पठाएपछि नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी रिहा ...