बाँकेको कोहलपुरमा आफ्नै घरमा दम्पती मृत फेला, हत्याको आशंका

Bake mrit

नेपालगञ्ज । बाँकेको कोहलपुर नगरपालिका–१४ पार्वतीपुरमा मंगलबार बिहान दम्पती मृत फेला परेका छन् ।

कोहलपुर नगरपालिका १४ पार्वतीपुरमा २२ वर्षीय कृष्ण गडरिया र उनकी २० वर्षीया श्रीमती अञ्जली गडरिया आज विहान मृत भेटिएका हुन् । राति नै घटना भएको भए पनि घरको तल्लो तलामा उनीहरु मात्रै सुत्ने भएकाले स्थानीयले शव देखेर विहान प्रहरीलाई खबर गरेका थिए ।

अहिले प्रहरी घटनास्थल पुगेर अनुसन्धान गरिरहेको छ । ‘चुँडिएको डोरी भेटिएको छ, घटनास्थल रगताम्य देखिएको छ, संघर्ष गरेको देखिन्छ’, बाँकेका प्रहरी प्रमुख एसपी श्यामकृष्ण अधिकारीले भने, ‘उनीहरूको हत्या भएको देखिन्छ ।’

कृष्णको हातमा चोट देखिएको र मञ्जुको घाँटीमा डोरीको डोब रहेको तथा मुखबाट फिँज आएको देखिएको छ । उनीहरुको शरीरमा चोट देखिएकाले हत्या भएको हुनसक्ने अनुमान गरिएको छ । यद्यपी अहिलेसम्म कसैलाई पक्राउ नगरिएको उनले बताए । शव पोष्टमार्टमका लागि पठाएर अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ । 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सर्वोच्चले अर्को पत्र पठाएपछि डिल्लीबजारबाट रिहा भए रेशम चौधरी, कार्यकर्ताद्धारा नारावाजी

Resham chaudhary

काठमाडौं । सर्वोच्च अदालतले अर्को पत्र पठाएपछि नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी रिहा ...