चलचित्र विकास बोर्डको अध्यक्षमा भुवन केसी नियुक्त

Bhuwan kc

काठमाडौं । नेपाल चलचित्र विकास बोर्डको अध्यक्षमा अभिनेता भुवन केसी नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले केसीलाई बोर्ड अध्यक्षमा नियुक्त गरेको हो ।

नेकपा एमालेमा रहेका केसी केही समयअघि मात्रै नेपाली कांग्रेस प्रवेश गरेका थिए । उनी कांग्रेस प्रवेश गरेसँगै विकास बोर्ड अध्यक्षको दाबेदारको रुपमा हेरिएको थियो ।

बोर्डको अध्यक्ष पदका लागि सार्वजनिक गरिएको १० जनाको सूचीबाट सरकारले केसीलाई नियुक्त गरेको हो । केसीसहित अरुणकुमार प्रधान, दीपक श्रेष्ठ, नरेशकुमार पौडेल, निर्मलराज ढकाल, मनिष पण्डित, सम्झना उप्रेती रौनियार, सुचित्रा श्रेष्ठ, सुनीलकुमार पोखरेल र सुष्मा कार्कीको नाम उम्मेदवारका रूपमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले छनोट गरेको थियो ।

 

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...