आजको मौसम : आज यी स्थानहरुमा भारी वर्षा हुने

Mausam

काठमाडौं । मंगलबार बिहान प्रदेश १, बागमती र लुम्बिनीका केही क्षेत्रमा वर्षा भइरहेको छ ।

दिउँसो देशका केही स्थानमा वर्षाको सम्भावना रहेको छ । प्रदेश १ का एक वा दुई स्थानमा भारी वर्षाको पनि पनि आकलन मौसम पूर्वानुमान महाशाखाले गरेको छ । राति प्रदेश १, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।

बुधबार देशभर बदली रहनेछ । पहाडी भूभागका केही स्थान र अन्य भूभागका थोरै स्थानमा वर्षा हुनसक्ने महाशाखाले उल्लेख गरेको छ । हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानभन्दा केही दक्षिणतिर छ भने पूर्वमा सरदर स्थान आसपासमा रहेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...